मोतिराम तिमल्सिना, काभ्रे
राष्ट्रिय धान दिवसको अवसर पारी जिल्लामा विभिन्न स्थानमा विभिन्न संघ संस्थाको आयोजनामा विविध कार्यक्रम सम्पन्न भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्लाका संचारकर्मीहरुसँग अन्र्तक्रिया गरी दुर्घटना न्युनिकरणका उपायहरु, ट्राफिक ब्यवस्थापनमा देखिएका समस्या र समाधानका उपायहरुका विषयमा छलफल गरेको थियो ।
ट्राफिक प्रहरी कार्यालय काभ्रेमा नियुक्ति भई आएका प्रहरी निरिक्षक निशेष चापागाईले नागरिकहरुको गुनासो सम्बोधन हुने गरी ट्राफिक ब्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गरे । सडकको अवस्था, कम जनशक्ति, नागरिकहरुको स्वतन्त्रताका कारण समस्या बन्दै गएको ट्राफिक ब्यवस्थापनलाई टिपरको ओभर स्पिड, प्रेसर हर्न जस्ता समस्याले बातावरण नै प्रदुर्षण बनाउँदै गएकाले त्यसको ब्यवस्थापन चुनौती रहेको चापागाईले बताए ।
अन्र्तक्रियामा पत्रकार महासंघका प्रदेश सचिव सुरेश हुमागाई, जिल्ला अध्यक्ष मोतिराम तिमल्सिना, जिल्लाका संचारकर्मीहरुले ट्राफिक प्रहरीलाई नागरिकहरुले उठाउने विषयका बारेमा सुझाव दिएका थिए । सोहि अवसरमा ट्राफिक प्रहरी र संचारकर्मीहरुको सहकार्यमा दहि चिउरा कार्यक्रम सम्पन्न भएको छ ।
त्यस्तै सामुदायिक प्रहरी बनेपाले दहि चिउरा कार्यक्रम आयोजना गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र बनेपाका अध्यक्ष जीवनभत्त नकर्मीले सामुदायिक प्रहरीले नागरिकहरुको सुरक्षाका लागि प्रहरीसँगैको सहकार्यमा विभिन्न सामाजिक कार्य गर्दै आएको बताए । सोहि अवसरमा विभिन्न क्षेत्रमा कृयाशिल ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
राष्ट्रिय धान दिवसको अवसरमा गैर आवासीय नेपाली संघ, कृषि प्रवद्र्धधन उप समितिको आयोजनामा बनेपा नगरपालिका १२ कोटथुम्कामा रोपाईं कार्यक्रम सम्पन्न भएको छ । रोपाई कार्यक्रमको संयोजन युवराज गुरुङ, संयोजक, कपिलदेव थापा सह संयोजक रहेका थिए । रोपाई कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । मानो रोपेर मुरी फलाउने कृषकहरुको अभिलाषा अनुसार असार १५ गतेलाई राष्ट्रि धान दिवसका रुपमा मनाउने गरिएको छ ।
त्यस्तै राष्ट्रिय धान दिवसको अवसर पारी बनेपा नगरपालिका २ टुकुचामा रहेको श्वेत बाराह माविले रोपाई गरेको छ । कृषि प्राविधिक विद्यालय भएकाले विद्यालय आफैले रोपाई कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक जीवन भण्डारीले बताए । रोपाई कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावकका साथै विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले कृषि विषयमा अध्ययन मात्रै नभई ब्यवहारिक रुपमै रोपाईका बारेमा जानकारी पाउन भन्ने उदेश्यले रोपाई कार्यक्रम आयोजना गरिएको प्रअ भण्डारीले बताए ।
त्यस्तै राष्ट्रिय धान दिवसको अवसरमा नेपाली कांग्रेस काभ्रे र बनेपा नगर समितिले साँगा मन्दिर अगाडिको खेतमा रोपाईं कार्यक्रम आयोजना गरेको छ । नेपाली कांग्रेसका केन्द्रिय नेता अर्जुन नरसिं केसी, केन्द्रिय सदस्य शिवप्रसाद हुमागाई, जिल्ला सभापति मधु आचार्य लगायतको सहभागिता थियो । जिल्ला तथा स्थानीय स्तरका कार्यकर्ताहरुले रोपाई कार्यक्रममा भाग लिएका थिए ।
त्यस्तै धान दिवसकै अवसरमा रोशि गाउँपालिकामा विविध कार्यक्रम आयोजना गरिएका छन् । विद्यालयहरुले विद्यार्थीहरुलाई रोपाईका बारेमा जानकारी गराएका छन् भने अन्य संघ संस्थाहरुले पनि कृषिमा आवद्ध हुन र कृषिलाई ब्यवसायीक रुपमा प्रयोग गर्न रोपाईको महत्व रहेकाले कार्यक्रम आयोजना गरिएको बताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।