नेपाल समाचारपत्र, नुवाकोट
भूकम्प पीडित नागरिकहरुलाई सहज रुपमा सेवा सुबिधा उपलब्ध गराउने उद्धेश्यले नुवाकोटको तार्केश्वर गाउपालिका वडा नम्बर १ को काफलपानीमा एकिकृत नमुना बस्ती “सुन्दरी बस्ती”को निर्माण गरी गाउपालिकालाई हस्तान्तरण गरिएको छ ।
सभे द चिल्ड्रेन र सामुदायिक बिकास केन्द्र नेपालको आर्थिक र प्राबिधिक सहयोग र तार्केश्वर गाउपालिकाको समन्वयनमा स्थानीय बासिन्दाहरुबाट स्वनिर्माण बस्तीको हस्तान्तरण गर्दै प्रतिनिधि सभा सदस्य एबं साँसद बहादुर लामाले भूबनोटको आधारमा बिकट र भूकम्पबाट क्षतिग्रस्त ठाउँका पूननिर्माण र ब्यबस्थापनको लागी सर्बप्रथम योजनाबद्ध रुपमा काम अगाडी बढाउदा निर्धारित समयमा काम सम्पन्न हुने बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य एबं साँसद लामाले तार्केश्वर गाउपालिकामा पर्यटनको सम्भाबना रहेको भन्दै गाउपालिकाको बिकास निर्माणको लागी पर्यटन जोनको आबश्यकता रहेको बताउनुभएको छ ।
भूकम्पको क्षेत्रमा काम गर्न आएको सामाजिक संस्थाको सहकार्यमा स्थानीय बासीहरुले निर्माण सम्पन्न गरेको १५ घरधुरी सहितकोे सुन्दर बस्तीको हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वयन समिती नुवाकोटका प्रमुख सन्तमान तामाङले एकृकित नमुना बस्ती बिकास निर्माण एक पाटो रहेको भन्दै आगमी योजना परिणाममुखी हुनुपर्ने बताउनभएको छ । यस्तै, कार्यक्रममा तार्केश्वर गाउपालिकाका प्रमुख रमेश बस्तीले गाउपालिकालाई बिकसति र सन्दर बनाउनको लागी गाउपालिका भित्र अन्य स्थानहरुमा पनि एकिकृत नमुना बस्ती निर्माण गर्ने निति तथा कार्यक्रम रहेको बताउनुभएको छ । उहाँले आगमी दिनमा बिभिन्न सामाजिक संघसंस्थाहरुसँगको सहकार्यमा गाउपािलका भित्र उपयुक्त ठाउको चयन गरि एकीकृत बस्ती निर्माणमा पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नभएको छ ।
एकृकित बस्ती हस्तान्तरण कार्यक्रममा गाउपालिका उपाध्यक्ष तारा रिमाल, बिभिन्न वडाका वडाध्यक्ष, समाज कल्याण परिषद्का सदस्य सचिब डिल्ली प्रसाद भट्ट, नेपाली काँग्रसका जगत तमाङ, नेपाली काँग्रसका जिल्ला सदस्य सुनमाया तामाङ, सामुदायिक बिकास केन्द्र नेपालका कार्यकारी निर्देशक बिष्णुराज नेपाल, सेभ द चिल्ड्रेनका प्रमुख एबं प्रतिनिधि, स्थानीयबासीलगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।