टंक सुनार
रुपन्देही ,साउन २८ । रुपन्देहीको देवदहमा पोखरीमा डुबेर बालकाको मृत्यु भएको छ । शनिबार घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा देवदह–४ भवानीपुरका १० बर्षिय रोहन बम्रेलको ज्यान गएको स्थानियले जानकारी दिएका छन ।
शनिबार वेपत्ता भएपछि सबै तिर खोजेको तर नभेटाएपछि घर नजिकैको पोखरीमा खोज्दा मृत अवस्थामा फेला परेको स्थानिय भिम रोकाले बताउनु भयो । रोहन स्थानिय विद्यालयमा ४ कक्षामा अध्यनरत थिए । माछा पालन गर्ने भनेर निर्माण गरेको पोखरीमा बर्षा भएपछि पानी जमेको थियो । सोही पोखरीमा पौडी खेल्ने क्रममा रोहनको ज्यान गएको हो ।