नन्दु यादव ,
साउन२८ बेलाटारी । केही दिन देखि परेकाे अबिरल बर्षाका कारण नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका सरावल गाउपालिका
,पाल्हिनन्दन गाउपालिका,बर्दघाट नगरपालिका का जनताहरु बाढिकाे चपेटामा परेका छन। बाढिका कारण हजाराै घरका परिवार बिस्थापित भएकाे जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएकाे छ।यसै प्तापपुर गाउपालिकाकाे वडा न३ काे नन्दपुर ,बरगदवा, अमहवा लगायतकाे टाेलहरु पुर्णरुपमा डुबान मा परेका छन ।यहाका सयाैघरहरु पुरण रुपमा भत्केका छन भने सयैा घर जनता बरगदवा बिद्यालयमा गई बसिरहेका छन ।बाढिबाट प्रभाबित रहेका जनताहरुलाई cdma नेपाल नामक सस्रथाले 5 दिनका लागि खाद्यान्न सामाग्री बितरण प्रतापुर गाउपालिकाका प्रमुख राजकुमार शर्माकाे नेतृत्वमा बितरण गरिएकाे बताईएकाे छ।प्रतापुर गाउपालिकामा अाईपर्ने कुनैपनि समस्या समाधान गर्ने दायित्व रहेकाे भन्नू भयाे बाढिपिडिहरुलाईलाई लामखुट्टे बाट बच्नकाे लागि झुल बितरण गर्ने समेत प्रतिबध्दता जनाए।प्रमुख राजकुमार शर्माले दिन रात बाढपिडितकाे समस्यामा साथ दिईरहेका छन।बाढिपिडितकाे समस्या समाधान गरि पुन गाउमा स्थापित गरिने मेराे काधमा जिम्मेवारी रहेकाे उनले बताय। अहिले राजकुमार शर्मा बाढिपिडितकाे लागि सहारा बनेकाे नन्दपुरकाे बाढिपिडित सन्ताेष हरिजन ले भने ,यस्तै अर्का भिख्खु प्रसाद हरिजनले पनि शर्मा जनता का नेता बनेकाे बताउनु भयाे।प्रमुख रजकुमार शर्माले प्रतापपुर गाउपालिकालाई नमुनाकाे रुपमा बनाउने लक्ष्य रहेकाे बताउनु भयाे।