सरोज यादव, विराटनगर ।
विश्वभरका अर्थोपेडिक सर्जनको जमघट विराटनगरमा हुने भएको छ । अर्थोपेडिक एशोसिएशन विराटनगरका बरिष्ठ उपाध्यक्ष डा रमेश बस्नेतका अनुसार अर्थोपेडिक एसोशिएशनको विराटनगरमा बसेको बैठकले विश्वभरका हाडजोर्नी सम्बन्धी चिकित्सकहरूको अन्तराष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको हो ।
सम्मेलन फागुन २ र ३ गते हुनेछ । सम्मेलनमा जापान, सिंगापुर, डेनमार्क, पाकिस्तान, श्रीलङ्का, भारत लगायतका देशहरुका दर्जनौ अर्थोपेडिक सर्जनको भेट हुनेछ ।
अर्थोपेडिक एशोसिएशन विराटनगरका अध्यक्ष डा. नविन कर्णका अनुसार प्रदेश १ को मेची र धरानमा कार्यरत थप हाडजोर्नीका विशेषज्ञ चिकित्सकहरूलाई संलग्न गराएर प्रदेशस्तरीय एशोसिएशन गठनको तयारी भइरहेको हो ।
हाडजोर्नीको उपचार संलग्न विराटनगरका विशेषज्ञ चिकित्सकहरूको भेलाले ११ सदस्यीय अर्थोपेडिक एशोसिएशन विराटनगर गठन भएको छ । केन्दीय अध्यक्ष डा बुलन थापाको उपस्थितिमा आयोजित भेलाले डा कर्णको अध्यक्षतामा बरिष्ठ उपाध्यक्ष डा बस्नेतसहित उपाध्यक्षमा डा प्रकाश सिटौला, कोषाध्यक्षमा डा रञ्जीत झा, सचिवमा डा नविन सुवेदी र सहसचिवमा डा योगेन्द्र गुप्ता छन् ।
त्यसैगरी सदस्यहरुमा डा सञ्जय साह, डा सन्तोष थापा, डा सुमन कुँवर डा विभूति मिश्रा, डा रविन श्रेष्ठ रहेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।