विमल विष्ट , डोटी ।
बेला बेलामा गरिने अनुगमनले बजारको अवस्थामा सुधार नआएपछि डोटीको दिपायल सिलगढी नगरपालिकाले अनुगमनलाई नियमित बनाएको छ ।
यहाँका बिभिन्न बजार क्षेत्रमा भएका अधिकांश पसल तथा व्यवसायीहरुले न्यूनतम मापदण्ड समेत पुरा नगरेपछि अनुगमनलाई तीब्रता दिईएको हो । सरोकारवाला निकायको सहकार्यमा डोटीको दिपायल सिलगढी नगरपालिकाले मासु पसल, किराना पसल, होटल व्यवसाय लगायतमा अनुगमन लाई तिब्र दिएको हो ।
दर्ता गर्नु पर्ने, कर तिर्नु पर्नेजस्ता न्युनतम मापदण्ड पनि पूरा गरेका छैनन्, त्यसैले अनुगमनलाई निरन्तरता दिएका छौं – दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले भन्नु भयो ‘अनुगमन गरीरहेका र्छौ,न्यनतम मापदण्ड पुरा नगर्ने लाई कानुनी कावार्हिको दायारामा ल्याउने छौ ।’
यो नगरपालिकाले धुम्रपान तथा सूर्तिजन्य पदार्थ सेवनका विरुद्ध सन्देश वितरण गर्दै यस्ता वस्तुको विक्री खुल्ला रुपमा नगर्न निर्देशन जारी गर्दै अनुगमन पनि शुरु गरेको छ ।
अनुगमनमा व्यवसाय दर्ता नविकरण भए÷नभएको, साइन वोर्ड राखिएको÷नराखिएको, मूल्य सूची नभए÷नभएको, नापतौल प्रमाण पत्र भए÷नभएको लगायतका ११ वटा सूचकलाई आधार बनायर हेरीने भएको नगरपालिकाका प्रशासकिय अधिकृत भोजराज शर्माले बताउनु भयो ।
उहाँले भन्नुभयो ‘बजारमा सबै बस्तुको मुल्यको एकरुप्ता होस,ग्राहक नठगिउन भन्ने हेतुले अनुगमनलाई तिब्रता दिईएको हो,गलत भेटिए कावार्हि हुन्छ ।’ डोटीका प्रमुख ब्यापारी केन्द्रहरु दिपायल,पिपल्ला,राजपुर तथा सिलगढी क्षेत्रमा रहेका पशलहरुमा पशलै पिच्क्षे बिभिन्न उपभोग्य बस्तु तथा अन्य सामानको मुल्य फरक फरक भएको स्थानियबासीको आरोप छ ।
त्यस्तै बिभिन्न खाद्य पदार्थमा कुनै अवाञ्छनिय मिसावट भए÷नभएको, खाद्य पदार्थमा रहेको स्वाभाविक गुण वा उपयोगिता घटाइएको वा स्वभाविक छोडिएको, मानिसले खाने, पिउने, अप्रशोधित, अर्ध प्रशोधित, प्रशोधित वा उत्पादित खाद्य वा पेय पदार्थ खाने पिउने पदार्थमा प्रयोग गरिने मरमसलाको प्रयोग लगायतका विषयमा अनुगमन शुरु गरेको हो ।
खाद्य योगशील रंग, सुगन्धले स्वास्थ्यमा हानी हुने गरी सडेको गलेको वा फोहरमैला विषाक्त अवस्थामा राखिएको वा तयार गरिएको, अन्य मिश्रण राखिएको जस्ता विषयमा अनुगमनले निगरानी गर्ने दिपायल सिलगढी नगरपालिकाका सामाजिक बिकाश अधिकृत रमेश जोशीले जानकारी दिनुभयो ।
नगरपालिकाको नेतृत्वमा शुरु भएको उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, पशु सेवा कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय, र उपभोक्ताको तर्फबाट उपभोक्ता मञ्चका अधिकारीहरु सहभागी भएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।