- मनोज साह,
रौतहट । धुर्मुस सुन्तली फाउण्डेशनका उपाध्यक्ष तथा हाँस्यकलाकार कुञ्जना घिमिरे सुन्तलीले मुसहर बालबालिकासँग आफ्नो जन्मदिन मनाएकी छन् । रौतहटको सन्तपुरमा रहेको मुसहर बालबालिकालाई स्टेशनरी सामग्री वितरण गरेर जन्म दिन मनाएकी हुन् । मुसहर बालबालिकाले सम्मान र शुभेच्छासहित कुञ्जनाको जन्म दिनलाई विशेष बनाइदिएका छन् ।
उनीहरुले गरेको सम्मानले आफूलाई भावुक बनाएको कुञ्जना घिमिरेले बताईन् । मुसहर बस्तीका बालबालिकामा आएको परिर्वतन देखेर आफूहरु भावुक बनेको उनको भनाई छ । एकिकृत नमुना बस्तीका बालबालिका नियमित पढ्न थालेका बताउँदै भविष्यमा उनीहरु केहि बनेर देखाउँदा हाम्रो अपेक्षा पुरा हुने उनको भनाई छ ।
घरपरिवार र साथीहरुसँंग बसेर रमाईलो गरी जन्मदिन मनाउने चाहान भएपनि यस बस्तिको मायाले यहाँसम्म आउँदा आफुलाई भावुक बनाएको उहाँले बताइन् । त्यसैले जन्म दिनको अवसरमा यस बस्तीका बालबालिकालाई शैक्षिक सामग्री किनेर दिएँ, उनीहरुसँगै रमाईलो गरेर जन्म दिन मनाएको सुन्तलीले बताईन् ।
अहिले बस्तीमा रहेको करिव ५६ बालबालिका नियमित विद्यालय जान थालेका छन् । बालविवाह, अशिक्षा, गरिबीलगायतका समस्यामा रहेका मुसहर समुदायमा धुर्मुस सुन्तली प्रवेश गरेपछि निकै परिर्वतन आएको छ ।
बस्ती हस्तान्तरण गरिसक्दा मुसहरहरुप्रतिको माया अझै बढेर गएकाले जन्मदिन मनाउन धुर्मुसलाई लिएर रौतहटको सन्तपुर आई पुगेको कुञ्जना घिमिरेले बताइन् । सुन्तलीको जन्म दिनमा संयोगबस मुसहर बस्ती अवलोकनका लागि आएकाहरु पनि निकै खुसी थिए ।
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।