साठि काट्न थालिसको शमाउन आउ छोरा
बुढैलिको साहारा वनि रमाउन आउ छोरा
वितेको पल कहिलै फर्काउन नसके पनि
रूपैयाँले साउको हात थमाउन आउ छोरा
कुहियो खर छाने नै आकास भयो
खर झिकि छानो बनाउन आउ छोरा
बुढी भइ सवै कुरा विर्सीन थाले
बिवाहा गरि घर जमाउन आउ छोरा
चाहिदैन ठुला घर झुपडी मै वसैला
आफ्नो खेत जोति कमाउन आउ छोरा
राम कुमार बोहरा (गोर्खा)