गुल्मी, (नेस)
गुल्मीमा भिरबाट लडेर एक जना बृद्धाको मृत्यु भएको छ । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर ६ कालिगौडा निवासरी ७३ वर्षिय लाल बहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिए ।
सुनार घर नजिकैको बाटोबाट लडेर करिव ९० मिटर तल खसेको र उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । अत्याधिक मदिरा सेवन गर्ने सुनार मदिरा सेवनकै बेला लडेर मृत्यु भएको हुनसक्ने प्रहरी भनाई छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।