दयाराम पण्डित, बाजुरा
बाजुराको हिमाली गाउँपालिकाका करिव ९१ प्रतिशत स्थानिय अझै झरो बाल्नु पर्ने वाध्यतामा रहेका छन ।
जिल्लाका नौ वटै स्थानिय तहमध्य हिमाली गाउँपालिकामा ठुलो संख्यामा नागरिकले हाल सम्म पनि विजुली वत्ति बाल्न नपाएका हुन । हिमाली गाउपालिका वडा नं ६ पाडीका १ सय ४५ घरपरिवार बाहेक अरु सवैको उज्यालोको प्रमुख स्रोत भनेकै झरो, टुकि रहेको हिमाली दुई रुम्दीका हस्तबहादुर थापाले बताउनु भयो ।
हिमाली गाउपालिका २ रुम्दी कै मोतिकला थापाले पनि कहिले बत्ति आउन्ना र कहिले हामी बालौला, छोरा नातिका दिन काँहि आया मात्रै नत्र हाम्रा दिनमै त भन्नै सकिदैन, भन्दै बत्ति बाल्ने आसै नभएको बताउनु भयो । हिमाली गाउपालिकाका १ हजार ६९७ परिवार मध्य १ सय ४५ परिवारले मात्र वत्ति बाल्ने गरेका छन ।
हिमालि गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले आफ्नो कार्यकालमा हिमाली गाउपालिका भरि बत्ति बालेर छाड्ने प्रतिबद्धता जनाउनु भएको छ । कवाडी खोलामा यहि बर्ष भित्रै २०० किलोवाट बत्ति उत्पादन गरिने र अन्य ठाउँमा पनि लघु ्नो कार्यकाल भित्र पुरै हिमाली गाउँपालिका झिलीमिली पार्ने ठोकुवा गर्नुभएको छ ।
बाजुरा जिल्लाका अन्य ८ वटा स्थानिय तहका करिव ९० प्रतिशत घरधुरी विजुली बत्तिको पँहुचमा रहेका छन । जिल्लामा हाल करिव १५०० किलोवाट विद्युत उत्पादन भै रहेको भए पनि आगामी १० बर्ष सम्मका लागि जिल्लाको आवश्यक माग भने करिव ३ मेघावाटको हाराहारिमा रहेको त्रिवेणी साना जलविद्युत केन्द्रका वहादुर थापाले सचिव जनक ब्यवस्थापक दयाराम पण्डितले बताउनु भएको छ ।
आवश्यक मागको ५० प्रतिशत विद्युत उत्पादन भै रहेको बाजुरामा जिल्ला भरिका विभिन्न स्थानिय उत्पादन भै रहेको यहि विद्युतलाई एकिकृत रुपमा प्रशारण गर्न सके पुरै बाजुरा जिल्लालाई उज्यालो मात्र बनाउन सकिने भए पनि माग अनुसारको विद्युत परिपुर्ति भने हुन नसकेको सरोकारालाले बताए । बाजुराका २२ हजार ३०३ परिवार मध्य हाल १६ प्रतिशत ३६ सय तहमा ३० परिवारले उज्यालो बाल्न नपाएको देखिन्छ ।
जसमध्य हिमाली गाउपालिकामा सवै बढी ९१ प्रतिशत परिवार अझै अध्यँरोमा बस्न बाध्य बनेका छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।