सरिता चलाउने, सल्यान। सल्यानमा द्धन्द्धको समयमा बेपत्ता पारिएका पिडितका परिवारले अझै पनि राहात नपाएको गुनासो गरेका छन । सरकारले बेपत्ता परिवारलाई राहत प्रदान गर्र्दै आए पनि आफुहरुले भने न्यायको लागी राहत नपाएको गुनासो गरेका हुन ।
बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग नेपालको टोलीले आयोजना गरेको बेपत्ता तथा सरोकारवालाहरु सँगको अन्र्तक्रिया कार्यक्रममा पिडितहरुले आफुहरु अझै पनि त्रासमा बाचिरहेकाले पिडतको सत्य तथ्य पत्ता लगाई छानबिन गर्न आग्रह गरेका छन । उनिहरुले दुईवटा छानबिन आयोग गठन भैसकदा पनि पिडितहरुको घाउँमा मलम पट्टि लगाउन नसकेको र सन्तोषजनक रुपमा आयोगले काम नगरेको बताएका छन ।
कार्यक्रममा बोल्दै छत्रेश्वरी गाउँपालीका वडा नम्बर ७ की पार्बति वलीले आफ्नो श्रीमान दिपेश कुमार वली बेपत्ता भएको १४ बर्ष भयो तर उहाँले अहिले सम्म राहत नपाएको बताउनु भएको छ । मेरो श्रीमान घर बाट निस्केको १४ बर्ष भयो न त उहाँ फर्कनु भयो नत हामीले न्यायको लागी राहत नै पाएउ उहाँले रुदै भन्नु भयो । २०६० सालमा घर बाट बेपत्ता भएको उहाँको श्रीमान अहिले सम्म पनि अत्तोपत्तो छैन । आयोगले सत्य तथ्य छानबिन गरी आफुलाई न्याय सहित राहत प्रदान गर्र्दिनुहुन आग्रह गर्नु भयो ।
पटक पटक यो कुरा आईरहदा पनि निको भएको घाउँमा घाउँ थपिदिने गरेको बेपत्ता तथा पिडित परिवार कपुरकोट गाउँपालीका सिंनबाङकी अम्रीता बोहराले बताउनु भयो । उहाँले आयोग गठन भएको ४ बर्ष बितिसक्दा पनि अहिले सम्म आयोगले भने अनुसारको काम नगरेको र पिडीत परिवारले न्याय नपाएको दुखेसो पोख्नु भयो । उहाँले भन्नु भयो बुवा बेपत्ता भएको १७ बर्ष बितिसक्यो जति बेला म ८ बर्षको थिए, सुनेको थिए आयोग गठन भैसके पछि पिडितलाई राहत, पिडितका छोरा छोरीलाई रोजगार दिलाईन्छ तर आयोगले न्यायको नाममा पिडा बल्झाउने काम मात्र गरेको छ । आफुले अहिले सम्म पनि बुवाको काजक्रिया गर्न नपाएकाले पिडित परिवारलाई पिडा मात्र बल्झाने मात्र नभएर अब सत्य तथ्य छानबिन गरी पिडितलाई न्याय दिलाउनु पर्ने बताउनु भयो ।
छत्रेश्वरी गाउँपालीका ८ का चेत बहादुर बिकले पनि दोन्द्धकालमा आफनो भाई २२ बर्षको उमेरमा बेपत्रा भएको र अझै सम्म पनि राहत नपाएको बताउनु भयो । २०५७ सालमा भाई बेपत्ता भएको स्मरण गर्दै उहाँले न्यायको नाउमा राहत समेत नपाएको बताउनु भयो । बेपत्ता परिवारको घटनाको अवस्था हेरेर बिस्तृत अनुसन्धान थालीने बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका सदस्य बिजुल बिश्वकर्माले बताउनु भएको छ ।
जस्को लागी पिडतलाई एक घण्टा समय लगाएर सोधपुछ गर्ने बताउनु भयो । ४२ वटा जिल्लामा आयोगको टोली पुगेकाले छिटो भन्दा छिटो पिडीतलाई न्याय दिने गरी आयोगले काम गर्ने बताउनु भयो । उहाँले भन्नु भयो अनुसन्धानको पाटो जटिल भएकाले पनि काम गर्न गाह्रो भएको हो, अब एक एक गरी छानबिन हुन्छ, बेपत्ता भएको ब्यक्ति पहिले कस्तो हुनुहन्थ्यो, के कस्ता पहिरन गर्नुहुन्थ्या त्यो सबै प्रष्ट सँग सोधेर छानबिन गर्नेछौ, मृतको भन्दा बेपत्ताको पिडा धेरै हुने भएकाले यस्को प्रत्यक्ष पिडित सामु गएर सोधेर फर्म सङकलन गर्ने आयोगका सदस्य बिश्वकर्माले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी प्रमानन्द घिमेरेले बेपत्ता पारिएका परिवारले अझै राहत नपाएको सन्दा आफु दुखि भएको बताउनु भयो । पिडित परिवारलाई १० लाख सम्म पनि सरकारले प्रदान गरेकाले कहाँनेर चुक्यो त्यो छानबिन गरी राहत नपाएको पिडितलाई राहत प्रदान गर्नुपर्ने बताउनु भयो । राहत दिदा दिदै के कति कारणले बेपत्ता पिडतले राहत पाएनन त्यो भावनात्मक रुपमा आफु दुखि भएको बताउनु भयो ।
सल्यानमा दोन्द्धकालमा बेपत्ता पारिएका ५६ जना मध्य ३८ जनाले मात्र राहत पाएको स्थानीय शान्ति समितीले जनाएको छ ।
शान्ति मन्त्रालय बाट ३८ जनाले राहत पाएता पनि ५७ जनाको बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगमा उजुरी परकोले अहिले जिल्लमा बिस्तृत छानबिन भैरहेको छ । दोन्द्धकालमा देशभर १८ हजार जनाको मृत्यु भएको र ३ हजार जना भन्दा बढि अझै बेपत्ता भएका छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।