मुम्बई । साउथ फिल्मका सुपरस्टार रजनीकान्तले पछिल्लो समय राजनीतिमा आउने घोषणा गरिसकेका छन् । फिल्मी करियरको अपार सफलतापछि ६७ वर्षका सुपरस्टार रजनीकान्तले नयाँ पार्टीसँग आफ्नो राजनीतिक करियर सुरु गर्नेछन् । रजनीकान्त सन् २०२१ मा हुँदै गरेको तमिलनाडु विधानसभाको चुनाबी मैदानमा हुनेछन् ।
तपाईलाई जानकारी गराउनुपर्दा रजनीकान्तले आफ्नो करियर बसको कण्डक्टरबाट सुरु गरेका थिए । बसको कण्डक्टर भएकै दौरानमा रजनीकान्तलाई फिल्ममा काम गर्ने अफर मिलेको थियो । उनी संघर्ष गर्दै साउथ फिल्मका सुपरस्टार बन्न सफल बने । आज तपाईमाझ हामी साउथका सुपरस्टार रजनीकान्तको व्यक्तिगत जीवनसँग जोडिएका केही रोचक कुराहरु प्रस्तुत गर्दैछौं ।
यस्ता छन्, सुपरस्टार रजनीकान्तको जीवनसँग जोडिएका केही रोचक तथ्यहरुः
१. सन् १९५०को डिसेम्बर १२ तारिखका दिन बैंगलुरुमा एक मराठी परिवारमा जन्मिएका रजनीकान्त खासै सम्पन्न परिवारका थिएनन् । रजनीकान्तको वास्तविक नाम शिवजी राव गायकवाड हो । जीजाबाई र रामोजी रावको चार सन्तानमध्ये उनी कान्छो थिए । उनले बैंगलुरुमै स्कुल अध्ययन पूरा गरेका थिए ।
२. रजनीकान्तले चार वर्षको उमेरमै आफ्नो आमा रामोजी रावलाई घुमाएका थिए । त्यतिखेर उनको घरको हालत खासै राम्रो थिएन । उनले आफ्नो करियरमा कुल्लीको काम गर्दै बसको कन्डक्टर बन्न पुगेका थिए । उनी बसको टिकट काट्न धेरै सिपालु थिए, सोही कारण उनी ड्राईभरहरु माझ निकै लोकप्रिय थिए ।
३. अभिनेता बन्ने सपना पूरा गर्नका लागि रजनीकान्तलाई उनका साथी राज बहादुरले धेरै सहयोग गरेका थिए । साथी राजले रजनीकान्तलाई मद्रास फिल्मको लागि अन्तर्वार्ता दिन प्रोत्साहन गरेका थिए । रजनीकान्तको लागि फिल्मको लागि अन्तर्वार्ता दिनु सजिलो थिएन । तर उनलाई हौसला दिनका लागि उनकै साथी आए, जो बस कन्डक्टरनै थिए । अभिनय सिक्ने क्रममा उनले तमिल भाषा पनि सिक्न सफल भएका थिए ।
४. अभिनय सिक्ने क्रममा फिल्म निर्देशक बालचन्द्रसँग रजनीकान्तको भेट भयो । उनले रजनीकान्तलाई आफ्नो फिल्म ‘अपुर्वा रागनगाल’मा काम गर्ने मौका दिए । यो फिल्ममा कमल हसन र श्रीविद्या पनि थिए । यो फिल्ममा रजनीकान्तको छोटो नेगेटिभ भुमिका थियो । पहिलो फिल्म गरेपछि रजनीकान्तले दुई तीन वर्षसम्म यस्तै छोटो छोटो भुमिकामा काम गरे ।
५. नेगेटिभ रोल प्ले गरिसकेपछि रजनीकान्तले आफ्नो भिलेनको इमेजलाई तोड्दै फिल्म ‘भुवन ओर केल्विकुरी’ पहिलो पटक हिरोको भुमिकामा देखा परेका थिए । यो फिल्ममा मुथुरम र रजनीकान्तको जोडीलाई दर्शकहरुले खुब रुचाए, र रजनीकान्तले त्यसपछि लगातार २५ फिल्महरुमा काम गरे ।
६. रजनीकान्तको फिल्म ‘बिल्ला’ बक्स अफिसमा अत्याधिक सफल भएको थियो । सो फिल्म सन् १९७८ मा आएको अमिताभ बच्चनको सुपरहिट फिल्म ‘डन’को रिमेक फिल्म थियो । उनलाई सोही फिल्मबाट पहिलो पटक ‘मुंदरु मुगम’को तमिलनाडु गभर्नमेन्टबाट सो वर्षको वेष्ट एक्टरको अवार्ड दिएको थियो ।
७. फिल्म ‘बाशा’ बाट रजनीकान्त सुपरस्टार बनेका थिए, जुन फिल्म सन् १९९५ मा रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसको सबै रेकर्डलाई तोडेको थियो । यसै फिल्मले रजनीकान्तलाई अन्तर्राष्ट्रिय स्टेजसम्म पु¥याएको थियो । रजनीकान्तको फिल्म ‘मुथु’ जापानमा रिलिज हुने पहिलो तमिल फिल्म थियो । यसपछि सन् २०१७ मा उनको ‘चन्द्रमुखी’ पहिलो पटक टर्की र जर्मनीमा रिलिज भएको थियो ।
८. रजनीकान्तले आफ्नो फिल्मी करियरको १० औं वर्षमा आईपुग्दा १०० फिल्ममा काम गरिसकेका थिए । उनले आफ्नो १०० औं फिल्म ‘श्री राघवेंद्र’मा हिन्दु सन्त राघवेंद्र स्वामीको भुमिकामा अभिनय गरेका थिए । फिल्ममा आउनु भन्दा अगाडि उनले कन्नड नाटकबाट अभिनय सुरु गरेका थिए । नाटकमा उनले दुर्योधनको भुमिकामा अभिनय गरेका थिए ।
९. रजनीकान्तले पहिलो पटक तमिल फिल्ममा एनिमेशन इन्ट्रोड्युस गरेका थिए । ‘राजा चायना रोजा’ पहिलो फिल्म थियो, जहाँ एनिमेशन सामेल गरिएको थियो ।
१०. रजनीकान्तले तमिल, बलिउड, मलयालम, कन्नड र तेलेगुको साथमा एक बंगाली फिल्ममा पनि काम गरेका छन् । उनको पहिलो बलिउड फिल्म ‘अन्धा कानुन’ थियो । एजेन्सीको सहयोगमा (सरद राई)
यो समाचार न्युज २४ नेपालबाट लिईएको हो ।