नेपाल समाचारपत्र, नुवाकोट
जिल्ला समन्वय समिति नुवाकोटले जिल्लामा संचालित नदीजन्य सामग्रीको उत्खनन बन्द गराएको छ ।
असारदेखि भदौ तीन महिना नदीमा पानीको बहाव बढेकाले नदीजन्य सामग्रीको उत्खननले किनार क्षेत्रमा कटानबाट जोखिम निम्त्याउने भन्दै उत्खननमा पूर्णरुपमा रोक लगाएको जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङले बताउनुभयो ।
नदी एवम् खोलाबाट ढुङ्गा, गिट्टी, बालुवा लगायतका नदीजन्य सामाग्री उत्खनन र निकासीमा रोक लगाएको र चालु आर्थिक वर्षमा लगाइएको ठेक्का सम्झौता जेठ मसान्तमा समाप्त भएकाले नदीजन्य सामाग्री निकासी समेत रोक्न प्रहरी परिचालन भएको बताए ।
असार महिना सहित ३ महिना जिल्लाको त्रिशूली, तादी, लिखु, फलाखु, सलाखु, सामरी लगायतका खोलाबाट बालुवा, ढुङ्गा, गिट्टी लगायतका सामग्री उत्खननमा पूर्ण निषेध गरिएकाले त्यस्तो कार्य आपराधिक मानेर नियन्त्रण गर्न प्रहरी परिचालन गरिएको जिल्ला समन्वय समितिले जनाएको छ । ३ महिनासम्म नदी र खोलामा ठेकेदार कम्पनी, राष्ट्रिय गौरवको आयोजना, राष्ट्रिय प्रथामिकता प्राप्त आयोजना लगायतलाई समेत उत्खनन बन्द गरिएको कार्यालयले जनाएको छ ।
जिसस नुवाकोटले चालु आर्थिक वर्षमा नदीजन्य सामग्रीबाट दश करोड सात लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ । आगामी आर्थिक वर्षको लागि भने बोलपत्र आबह्वान भएको छैन् । स्थानिय तहाके पुनःसंरचना हुनु भन्दा अगाडी असार अन्तिममा बोलपत्र आवहन हुसने गरेको मा हाल सम्बन्धित स्थानिय तह आफैले नदी जन्य सामाग्रीमा कर लगाउने भए पछी जिल्ला समन्वय समितिले बोलपत्र आवहन नगरेको हो ।
जिल्ला समन्वय समिति र प्रहरीले कडा गरेको भनिएको नदीजन्य पदार्थ उत्खनन्मा भने केही स्थानमा रातभरी काम हुने गरेको पाइएको छ । रातको समयमा खोलामा मेसिननै प्रयोग गरेर नदीजन्य सामाग्री निकाल्न थालिएको छ । यसमा संगठित रुपमा कार्य गर्ने देखि एक्लाएक्लै गर्नेहरु समेत सम्लग्न छन् । त्रिशुली, तादी र लिखु नदीको विभिन्नबाट ढुङ्गा, बालुबा उत्खनन् भइरहेको छ । यो विषयमा प्रहरीलाई राम्रो जानकारी रहेपनि नियन्त्रणका लागि चासो नदेखाएको आरोप स्थानीबासीहरुले लगाएका छन ।
जिल्ला समन्वय समिति सहितका अन्य निकायबाट बजेट विनियोजन भएको सडक निर्माणमा प्रयोग हुने सामाग्रीको नाममा पनि नदीजन्य पदार्थको उत्खनन् हुने गरेको छ । सडक निर्माणका लागि भन्दै सडकबाट उठाइने सामाग्रीहरु अन्यत्र भण्डारण गर्ने र ब्यवसायीक रुपमा प्रयोग गरिने गरेको समेत पाइएको छ । असार देखि भदौ तिन महिनासम्म नदीबाट उत्खनन् गर्न नपाउने भनिएता पनी जिल्लामा रहेका क्रसर उद्योगहरु सञ्चालनमा रहेका छन् ।
असार भन्दा अगाडी पनी सर्बोच्च अदालतले बाताबरणिय असर पारेको भन्दे नुवाकोटका सबै क्रसर उद्योगहरु बन्द गर्नका लागी अन्तरिम आदेश जारी गरेको थियो । तर पनि नुवाकोटमा दनी दोहन तिव्र बढेसँगै जिसस नुवाकोटले बन्द गर्न आदेश दिएको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।