नेपाल समाचारपत्र, नुवाकोट
नुवाकोटको मेघाङ गाउँपालिका–३ को देउरालीमा ५० लाखको लागतमा चियागान खेती पुन शुरु गरिएको छ ।
विं सं २०५७ सालमा स्थापना भएको चिया बगान खेती शशस्त्र द्धन्द्ध र विविध कारणले बन्द भएपछि गतवर्षबाट पुन संचालनमा आएको खेतीले वार्षिक २० लाख रुपैयाँ लिने लक्ष्य लिएको चिया कृषि फर्मका संचालक सेल्कर तामाङले बताए । ५० लाखको लागतका निर्माण शूरु गरिएको चिया बगाने ४६ रोपनी क्षेत्रफलमा फैलिएको छ । जसमा १ सय ७५ विरुवा रहेको चिया बगानका संचालक तामाङ जानकारी दिए ।
चिया बगानमा मासिक रुपमा एक क्विन्टल चिया उत्पादन हुने बताइएको छ । बगानबाट उत्पादन भएको चिया अहिले काठमाण्डौ उपत्यका, पोखरा र तराईका विभिन्न जिल्लामा खपत हुने चिया बगानका संचालक तामाङले बताए । बगानबाट उत्पादन हुने चिया बजारमा ब्लाक टि प्रतिकेजी एकहजार रुपैयाँ र ग्रीन टि १५ सय रुपैयामा बिक्रि भइरहेको कृषि फर्मले जनाएको छ । चिया बगान पुन संचालन भएसँगै स्थानीयबासीले समेत रोजगारी पाएका छन ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।