नेपाल समाचारपत्र, काठमाडौं । शैक्षिक परामर्श संघ नेपालले साउन ३ देखि ६ गतेसम्म शैक्षिक मेला आयोजना गर्ने भएको छ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सल्लाह दिन आयोजनागर्न लागिएको मेलामा मेलामा विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तराष्ट्रिय शिक्षा सम्बन्धि सहि जानकारी र परामर्श पाउने जनाइएको छ ।
हिजो आइतबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा इक्यानका अध्यक्ष विष्णुहरी पाण्डेले मेलामा विदेशमा अध्ययन गर्न जादा पर्ने समस्याको बारेमा परामर्श दिने कार्यक्रम रहेको जानकारी दिनुभयो । मेलामा दुई दर्जन भन्दा बढी कुटनितिक नियोग र राष्ट्रका शिक्षण संस्थाहरुको सहभागिता रहने छ ।
मेलामा लाख भन्दा वढि विद्यार्थी र अभिभावकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । भृकुटीमण्डपमा हुने ४ दिने मेलाका मेलामा ईक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, विदेशी तथा विदेशी शैक्षिक संथाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मन, डेनमार्क, साईप्रस लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागिता रहने अध्यक्ष पाण्डेले बताउनुभयो ।
स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसर लगायतका विषयमा सुचना र जानकारी दिने मेलामा स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने योजना रहेको छ ।
वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तराष्ट्रिय शैक्षिक क्षेत्रका नविनतम जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहन सहन, हावा पानी, बातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुका लागि चाहिने सवै विषयवस्तुको बारेमा मेलामा जानकारी गराइने भएको छ ।
मेलाका अवसरमा चारैदिन रक्तदान कार्यक्रम आयोजना गरिने छ तथा प्राथमिक उपचार केन्द्र तथा डेण्टल क्याम्पको पनि ब्यवस्था गरिएको छ । मेलामा ३ सय २८ स्टलहरु रहनेछन् ।
वन अप प्रालिको व्यवस्थापनमा हुने मेलाको प्रिजेन्टरमा ब्रिटिस काउन्सिल रहेको छ । टाईटल स्पोन्सरमा युरो एसिया एजुकेसन कन्सल्टेन्सि प्रालि रहेको छ ।
मेलामा ईन एसोसिएसन विथमा मर्सि एजुकेसन कन्सल्टेन्सि, मेन स्पोन्सरमा काठमाण्डौ ईन्फोसिस एजुकेसनल कन्सल्टेन्सी,पावर्ड वाईमा हार्डफोर्ड ईन्फोटेक सेन्टर, प्लाटिनम स्पोन्सरमा ईन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजि डाईमण्ड स्पोन्सरमा ईम्पल्स ईन्टरनेसनल ईन्सिच्युट , सिल्भर स्पोन्सरमा स्काई एजुकेसन कन्सल्टेन्सि र ब्राउन्ज स्पोन्सर एजुकेसन एसिया रहेका छन् ।
अन्य स्पोन्सरमा इनलाईटिन ईन्टरनेसनल एजुकेसन, ग्लोबल एजुकेशन काउन्सिलिङ्ग सेन्टर ,चिवा एजुकेशन सेन्टर,रयाफल्स एडुकेयर एसोसियट्स, पिटिई एकेडमिक, क्विनर्फार्ड कलेज, हार्बर कलेज एवम फग परप्mयुम छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।