विष्णु तिमिल्सिना
बर्दिया, । प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले स्थापना गरेको नागरीक शहिद गोविन्द पाण्डे स्मृती पत्रकारीता पुरस्कारबाट बर्दियाको बाँसगढी क्षेत्रबाट पत्रकारीता गरीरहेका एकराज चौधरी र राजापुर क्षेत्रबाट पत्रकारीता गरीरहेका गान्दिपलाल कायस्थ सम्मानित गरेको छ ।
सम्मानित हुने एकराज चौधरी बर्दिया जिल्लामा विगत् १८ बर्ष देखि निरन्तर रुपमा पत्रकारीता गरीरहनु भएको भित्ते पत्रिका प्रकाशनबाट पत्रकारीता शुरु गरेका चौधरीले थारुभाषाको ख्याल कार्यक्रम देखि हाल थारु भाषामा आधारीत रहेर गुर्बावा एफ एम सञ्चालन गरिरहनु भएको छ ।
प्रेस चौतारी बर्दियाले पत्रकारद्वयलाई कदरपत्र र नगद ५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरेको छ हो । प्रेस चौतारी बर्दियाले हरेक बर्ष एक जनालाई पत्रकारीता पुरस्कार प्रदान गर्ने बताएको छ । गत बर्षको र यस बर्षको पत्रकारीता पुरस्कार एकै पटक प्रदान गरीएको प्रेस चौतारी नेपालका अध्यक्ष डिलप्रकाश गौतमले बताउनु भयो ।
पाँच बर्ष अगाडी नागरीक शहिद गोविन्द पाण्डे स्मृती पत्रकारीता पुरस्कारको लागि करिब ५३ हजारको अक्षयकोष स्थापना गरीएकोमा यस बर्ष अक्षयकोष राशी थप गरी करिब एक लाख पचास हजार पुर्याईएको छ ।
कोषका अध्यक्ष गौतमका अनुसार आगामी ३ बर्ष भित्र पाँचलाख अक्षय कोष राशी पुर्याएर प्रदेश स्तरीय र ५ बर्ष भित्र १० लाख अक्षय कोष राशी पुर्याएर राष्ट्रिय स्तरको पुरस्कार घोषणा गर्ने लक्ष्य रहेको छ ।
त्यसैगरी प्रेस चौतारी नेपाल जिल्ला शाखा बर्दियाले अक्षयकोष राशी बृद्धि गर्न सहयोग गरेको भन्दै गुलरिया नगरपालिका वडा नं १ का वडाध्यक्ष प्रतापकुमार गौतमलाई कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरीएको छ ।
त्यसैगरी बर्दियामा बसी उल्लेखनिय काम गरी सरुवा भएका जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतलाई समेत कदर पत्र सहित दोसल्ला ओढाएर सम्मान गरीएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।