लमजुङ, (नेस)
बेलामौकामा तासजुवा र रक्सी विरोधी अभियानमा सक्रिय हुने गरेका आमाहरू आमा समूह अब लागुपदार्थविरुद्ध सचेतना फैलाउन सक्रिय हुन थालेका छन् । बेसीशहरमा रहेको फुलबारी आमा समुहले लागुपदार्थविरुद्धको सचेतनामुलक कार्यक्रम आयोजना गरेर त्यसको उदाहरण बनेको छ ।
उक्त सचेतनामुलक कार्यक्रमको उदघाटन गर्दै बेसीशहर नगरपालिकाका प्रमुख एवम् कार्यक्रमका प्रमुख अतिथी गुमानसिं अर्यालले बालबालिकाको सवैभन्दा नजिकको साथी भनेकै आमा भएका हुनाले आमाहरूले नै बालबालिकाको विशेष ख्याल राख्नुपर्ने बताउनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।