‘कुटुमा कुटु’ भन्ने बित्तिकै कि स्वस्तिमा र निश्चलको अनुहार याद आउँछ, कि त चलचित्र ‘२ रुपियाँ’ को नाम सम्झीहालिन्छ। यो चलचित्र अथवा गीतमा के यस्तो छ कि यति थोरै समयमा ओअनि दर्शकको मन जित्न सफल भयो? भदौ १३ गते रिलिज हुन लागेको यस चलचित्रको संवाद अहिले सबैको मस्तिस्कमा घुमिरहेको छ। कुनै संवाद सम्झिनु पर्दा यस्तो छ — त्यो दाह्रीवाला चै खै, खुर्रर जाएगा, खुर्रर आएगा, यसलाइ सेल्फ-पि भन्छ मोरा, त्यो दाह्रीवाला चै खै आदि। त्यस्तै एकदम चर्चामा रहेको यस चलचित्रको गीत भने ‘कुटुमा कुटु’ बोलको गीत जुन युट्युबमा १ करोड ७४ लाख भन्दा धेरैले हेरेर रुचाइसकेका छन्।
आज हामी यस चलचित्रका केहि रोचक कुराहरु तपाईहरुलाइ बताउदै छौ जुन निर्माणपक्षले खुलाएको छ। ‘कर्कश’ चलचित्र २०७० मा निर्माण भए लगत्तै आशिफ शाहले चलचित्र ‘२ रुपैयाँ’ को खाका कोर्न सुरु गरिसकेका थिए, आशिफ शाह चलचित्र ‘२ रुपैयाँ’ को कलाकार तथा कथाकार पनि हुन्। नेपालको तराइको केहि भागमा सानो नम्बर भएको रकमलाइ प्रयोग गरेर कारोबार गर्ने गरेको कुरा सुनेका थिए आशिफले, जुन त्यसलाई कथामा उतार्न मन लागेछ उनलाई र आफ्नो भाइ असिम शाहसंग यस कथालाइ सल्लाह गरेर लेखेका थिए, असिम यस चलचित्रका निर्देशक हुन्।
आशिफले यस चलचित्रको कथा सुनाउने बित्तिकै कलाकार निश्चल बस्नेतलाइ आफु यस चलचित्रको जुरेली पात्रमा कल्पना गर्न थालिसकेका थिए र आफुले पनि यस्तै किसिमको रोल पहिले देखि नै खेल्छु भनेर सोचिरहेका थिए निश्चलले। यस्तै अर्का लोकप्रिय र सबैले रुचाइएको कलाकार, बुद्धि तामाङ्ग (हैट) भन्छन-‘आशिफजीले कथा सुनाउन्जेल पनि म आफू चै असइको भूमिकामा ठिक हुन्छु होला कि हुदिनँ होला भनेर सोचिरहेको थिएँ । तर, कथाको अन्त्य सुनिसकेपछि मैले आफैले सोधे-‘के मैले असइको भूमिका गर्ने हो ?’
‘कुटुमा कुटु’ गीतको लागि नायिका खोज्ने क्रम भने जारि नै थियो निर्माणपक्षले भने। घरमै नायिका भएर पनि किन बाहिर जानु भनेर भनि सकेपछि निश्चलले स्वस्तिमालाइ नृत्य गराउनको लागि तयार भएकै कारण यस चलचित्रमा यी जोडिलाइ देखिएको हो। चलचित्रलाइ आफुले मेहेनत गरेर बनेको र चलचित्र एकदमै मनोरन्जनात्मक भएकाले दर्शकहरुले रुचाउने भन्ने कुरामा निर्धक्क देखिएका छन्। आशिफ शाहका अनुसार यो फिल्ममा मनै देखि बनाएको र यसमा समावेश हुने सबै साना साना पात्र निर्वाह गर्ने कलाकारहरूले पनि धेरै नै कसरत गर्नुभएको छ।
यस चलचित्रको ट्रेलर तल हेर्नुहोस