२० भदौ, काठमाडौं – नेपाल राष्ट्र बैंकले दसैंलाई लक्ष्य गर्दै भदौ २८ देखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । उपत्याका भित्र मात्रै करिब डेढ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए ।
केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने जनाएको छ ।
नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग थापाथलीबाट प्रतिव्यक्ति २७ हजार रुपैयाँ बराबर नोट साट्न पाइनेछ । यसैगरी, नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका १६ शाखा कार्यालयबाट पनि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाइएको निरौलाले जानकारी दिए । ‘सर्वसााधारण नागरिकले सहज रुपमा नयाँ नोट सटही गर्न सकून् भन्ने उद्देश्यले राष्ट्र बैंकको थापाथली बाहेक अन्य तीन बैंकका शाखाबाट पनि साट्ने पाउने व्यवस्था मिलाएको हो,’ उनले भने, ‘यसले गर्दा विगतमा जस्तो भीडभाड हुने छैन ।’
यो खबर नागरिकमा छ ।