डुम्रे, २१ भदौ । तनहुँको बन्दीपुर गाउँपालिका १ डुम्रेको हरिहर महिला समूहको पहलमा चितवनको माडी नगरपालिका वडा नं. ३ रतनी धोबाहाका बाढी पीडितहरुलाई राहत वितरण गरिएको छ । १८ जनाको टोली सहभागी समूहले १ लाख ५० हजार रुपैयाँ बराबरको अत्यावश्यक खाद्यन्न सामग्री ६७ घर परिवार बाढी पीडितहरुलाई वितरण गरेको छ । माडी नगरपालिकाका मेयर ठाकुरप्रसाद ढकालको उपस्थितिमा पीडितहरुलाई चामल, तेल, दाल, आलु, चिउरा, चाउचाउ, नुन, बिस्कुट, लत्ताकपडा, भाडाकुँडा सहित सियो धागो पनि वितरण गरिएको समुहकी अध्यक्ष सरिता पियाले बताएकी छन् ।समूहले माडी नगरपालिका(३ रतनी धोबाहाको राष्ट्रिय प्राथमिक विद्यालयलाई पुस्तकालयका लागि चाहिने सामग्रीहरु पनि वितरण गरेको छ ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]