चितवन । क्याम्पाचौर
प्रथम ई–प्लानेट जेसीज कप–२०७४ अन्तर्गत बुधबार (२१ गते) भएको खेलमा विभागीय टिम एपीएफले पोखरा – ११ लाई पराजित गरेको छ । जीतसँगै एपीएफ सेमीफाइनलमा प्रवेश गरेको छ । एपीएफले पोखरालाई १ का विरुद्ध ४ गोलले पराजित गरेको हो । एपीएफको लागि खेलको चौथो मिनेटमै रमेश डंगोलले गोल गरे । दोस्रो हाफको ४६ मिनेटमा युवराज खड्का र ५६ मिनेटमा रन्जन विष्टले गोल गरेका हुन् । विष्टले पेनाल्टी गोल हानेका हुन् ।
पोखराका लागि एक मात्र गोल खेलको ७७ औं मिनेटमा सुनिल विकले गोल गरेका हुन् । एपीएफका लागि अन्तिम गोल इन्जुरी टाइममा पाएको कर्नर प्रहारलाई रुपबहादुर लामाले पोष्टको दिशा दिएका हुन् ।
म्यान अफ दि म्याच एपीएफका युवराज खड्का भए । उनले नगद ५ हजार प्राप्त गरे । २२ गते विहीबार झापा ११ विरुद्ध मनाङ मस्र्याङदिले खेल्ने आयोजक संस्थाका संचार संयोजक अर्जुंन अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा कूल १० वटा टिम सहभागी छन् । प्रतियोगितामा पहिलो हुने टिमले नगद ३ लाख ५० हजार र ट्रफि तथा दोस्रो हुने टिमले नगद १ लाख ७५ हजार र ट्रफि पाउने छन् ।
[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]