माधव अधिकारी
२३ भाद्र, हुप्सेकोट ।
नवलपरासीको हुप्सेकोट गाउपालिका गिरुवारीमा जारी ३३औ गोल्डकप फुटबल प्रतियोगितामा भोलीदेखि क्वाटरफाइनलका खेलहरु सुरु हुदैछन् । भोलि हुने क्वाटरफाइनल अन्तर्गतको पहिलो खेलमा वसन्त आदर्श युवा क्लब काठमाण्डौ र रमाइलो चोक फुटबल क्लब भरतपुर भिड्दैछन् । हरितालिका तिजको अवसर पारेर भाद्र २ गतेबाट प्रतियोगितात्मक खेल सुरु भएको हो । दोस्रो चरण अन्तर्गतको आज भएको अन्तिम खेलमा रजहर खेलकुद विकास समिति रजहर विजयी भएको छ । रजहर खेलकुद विकास समिति रजहर र दुम्किबास खेलकुद प्रतिष्ठान दुम्किबास विच भएको खेलमा रजहर खेलकुद विकास समिति १–० गोल अन्तरले विजयाी भएको हो ।
प्रतियोगितामा प्रथम हुनेलाइ १ लाख ११ हजार १ सय ११ रुपैया, द्धितिय हुनेलाइ ६६हजार ६ सय ६६ रुपैया र उत्कृष्ट खेलाडी र सर्वाधिक गोल कर्तालाइ ५ हजार ५ सय ५५ रुपैया र सेमि फाइनल बाट बाहीरीने दुइ समुहलाइ ११ हजार १ सय ११ रुपैया प्रदान गरीने आयोजकले जनाएको छ ।
२८ टिमको सहभागिता रहेको खेलकोे सामुदायीक रेडियो मध्यविन्दु एफ एम १०१ मेघाहर्ज अफिसीयल मिडीया रहेको छ ।