![](https://usnepalinews.com/wp-content/uploads/2024/06/e0a4b8e0a581e0a4a8e0a49ae0a4bee0a481e0a4a6e0a580e0a495e0a58b-e0a4aee0a581e0a4b2e0a58de0a4af-e0a4ace0a4a2e0a58de0a4afe0a58b-e0a4a4.jpg)
काठमाडौं ।
नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहिबार छापावाल सुनको मूल्य तोलामा १६०० ले बढेको छ ।
आज सुन तोलामा एक लाख ४२ हजार ८०० मा कारोबार भइरहेको महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्य १ लाख ४१ हजार २०० रुपैयाँमै कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै, चाँदीको मूल्य पनि सामान्य बढेको छ । आज चाँदी तोलामा २० रुपैयाँले बढेर १८२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।