![](https://usnepalinews.com/wp-content/uploads/2024/06/e0a49fe0a580-e0a5a8e0a5a6-e0a4b5e0a4bfe0a4b6e0a58de0a4b5e0a495e0a4aa-e0a4a8e0a587e0a4aae0a4bee0a4b2e0a4b2e0a587-e0a4ace0a482e0a497.jpg)
काठमाडौं ।
नेपालले जारी आसीसी टी-२० विश्वकप अन्तर्गत अन्तिम खेल भोलि बिहान बंगलादेशसँग खेल्दै छ ।
सेन्ट भिसेन्टस्थित आरनोस भाले स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार बिहान ५:१५ बजेदेखि हुदै छ । नेपाल सुपर आठको दौड बाट भने बाहिरिएको छ ।
नेपालले पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो भने दोस्रो खेल श्रीलंकासँग बर्षाले रद्ध भएको थियो । त्यस्तै तेस्रो खेलमा दक्षिण अफ्रिकासँग एक रनले पराजित भएपछि नेपाल सुपरआठको दौडबाट बाहिरिएको थियो ।
तर बंगलादेशका लागि भने सुपर आठमा पुग्न यो खेल जित्नै पर्ने अवस्था रहेको छ । बंगलादेशको अहिले २ खेलमा ४ अंक रहेको छ र समुह डी मा तेस्रो स्थानमा छ । यस समुहमा नेदरल्याण्डसपनि सुपर आठको दौडमा कायम रहेको छ ।
त्यस्तै भोलि बिहान हुने नेदरल्याण्डस र श्रीलंकाबीचको खेल नेदरल्याण्डसले जितेमा र बंगलादेश नेपालसँग पराजित भएको अवस्थामा नेदरल्याण्डस सुपर आठमा पुग्ने अवस्था छ । यस समुहबाट श्रीलंका पनि सुपर आठको दौडबाट बाहिरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।