![](https://usnepalinews.com/wp-content/uploads/2024/07/e0a4aee0a58ce0a4b8e0a4ae-e0a496e0a4b0e0a4bee0a4ac-e0a4ade0a48fe0a4aae0a49be0a4bf-e0a4ace0a4bee0a4b0e0a4ace0a4bee0a4a1e0a58be0a4b8.jpg)
काठमाडौँ ।
आइसीसी टी- २० विश्वकपको उपाधि जितेको भारत बेरिल आँधीका कारण बारबाडोसमा फसेको छ । भारतीय टोली आज भारत फर्किन न्युयोर्क उड्ने तालिका रहेकोमा खराब मौसमका कारण बारबाडोसमै फसेको छ ।
एट्लान्टिक क्षेत्रमा आएको २१० किलोमिटर प्रतिघण्टाको गतिमा आएको बेरिल आँधीका कारण विमानस्थल बन्द गरिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) सेक्रेटरी जय शाहसहित भारतीय टिम बारबाडोसमा फसेको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतीय टिम ब्रिजटाउनबाट न्यूयोर्क र दुबई हुँदै भारत पुग्ने तालिका रहेको थियो । मौसम खराब भएर विमानस्थलनै बन्द भएपछि अब भारतीय टिमलाई मौसममा सुधार हुना साथ सिधै दिल्लीसम्म चार्टर्ड उडान गर्ने योजना बोर्डले बनाएको बताइएको छ ।
अहिले बारबाडोसमा खेलाडीसहित सहयोगी कर्मचारी, परिवार र बोर्डका अधिकारीसहित करिब ७० जना सदस्य रहेको बताइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।