![](https://usnepalinews.com/wp-content/uploads/2024/07/e0a4b8e0a581e0a4a6e0a582e0a4b0e0a4aae0a4b6e0a58de0a49ae0a4bfe0a4ae-e0a4b8e0a4b0e0a495e0a4bee0a4b0e0a4ace0a4bee0a49f-e0a4ace0a4bee0a4b9.jpg)
धनगढी ।
नेकपा एमाले सुदूरपश्चिम सरकारबाट बाहिरिएको छ । एमालेले बिहीबार प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना मन्त्रीहरुको पनि राजीनामा गराएको छ ।
योसँगै सुदूरका मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् । मुख्यमन्त्री सोडारी हाल एकीकृत समाजवादीको महाधिवेशनका लागि काठमाडौंमा रहेका छन् । उनी काठमाडौं आएकाले एमालेका नेताहरुले मुख्यमन्त्रीको कार्यालयमा राजीनामा र सरकारबाट बाहिरिएको पत्र दर्ता गराइसकेका छन् ।
एमाले संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले सरकारबाट बाहिरिएको विषयमा मुख्यमन्त्री सोडारीसँग टेलिफोन संवाद भएको र कार्यालयमा पत्र दर्ता गराइएको जानकारी दिएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।