![](https://usnepalinews.com/wp-content/uploads/2024/07/e0a48fe0a495e0a580e0a495e0a583e0a4a4-e0a4b8e0a4aee0a4bee0a49ce0a4b5e0a4bee0a4a6e0a580e0a4aee0a4be-e0a4a8e0a587e0a4aae0a4bee0a4b2.jpg)
काठमाडौँ ।
नेकपा एकीकृत समाजवादीले अध्यक्ष, सम्मानित नेता र महासचिवमा सर्वसहमतिले नेतृत्व चयन गरेको छ ।
बिहीबार झलनाथ खनाल नेतृत्वको अध्यक्ष मण्डलले माधवकुमार नेपाललाई अध्यक्ष, झलनाथ खनाललाई सम्मानित नेता र घनश्याम भुसाललाई सम्मानित नेतामा सर्वसम्मत चयन गरेको हो।
महाधिवेशन हलमा सम्मानित नेता खनालले अध्यक्षमा माधवकुमार नेपाल, पार्टीको सम्मानित नेतामा झलनाथ खनाल र पार्टीको महासचिवमा घनश्याम भुसाल सर्वसहमतले चयन भएको घोषणा गरेका थिए ।
उनले अब २९९ सदस्यहरु भएको केन्द्रिय कमिटी र निश्चित पदाधिकारी चयन गर्न बाँकी रहेको उनले जानकारी दिए । अब बाँकी पदाधिकारी र केन्द्रीय सदस्यको चयन सचिवालयले गर्ने बताइएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।