उदयपुर ।
उदयुर जिल्लाको सुनसरी र सप्तरी जिल्लासँग सीमा जोडिएको बेलका नगरपालिकाको ३ वटा वडाका गाउँहरुका ९ सय घर डुवानमा परेका छन भने ६ नं वडामा पहिरो खसेर दुईजना घाइते भएका छन् ।
बेलका नगरपालिकाको वडा नं १, २ र ३ का बस्तीहरु भागलपुर, अम्बासी, तपेश्वरी, पुरन्दह लगायतका गाउँहरु वर्षाको पानीले पुरै डुवानमा परेको छ । ३ वटै वडाका ९सय घरपरिवार वाढीबाट प्रभावित भएको र १० घर परिवार चाहिँ विस्थापित भै आफन्तको बसेका छन् ।
बेलका नगरपालिकाका मेयर अशोक कार्कीले दिएको जानकारी अनुसार बेलका नगरपालिकाको तराईको भाग तथा सप्तकोशी नदी नजिकका गाउँहरु वर्षाका काण बढी प्रभावित भएको र वडा नं १,२ र ३ का गाउँहरुका ९ सय घरपरिवार डुवानमा परेका छन। डुवानमा परेका मध्ये १ सय ५० घर पूर्ण रुपले डुवान भएको र त्यसमध्ये १० घर विस्थापित भएकोमा पीडित परिवार आफन्तको तथा छरछिमेकीकोमा आश्रय लिएर बसेका छन् ।
बेलका नगरपालिकाले पीडित परिवारलाई सक्दो सहयोग गरिरहेको जानकारी दिंदै मेयर कार्कीले सप्तकोशी नदीको पानी अहिलेसम्म बेलमा नगरपालिकाका गाउँहरुमा नपसेका कारण क्षति कम भएको र सप्तकोशीको पानी गाउँ परेमा सम्हाल्न नसकने गरी क्षति हुने बताए । ६ नं वडाको घारे गाउँमा खड्ग बहादुर पहरीको घरमाथिको पहिरो खस्दा घर भत्कनुका साथैखड्ग बहादुरकी श्रीमती र छोरी दुई जना घाइते भै उपचारकालागि धरानमा लगिएको, ५ नं वडामा पहिरोले रोपेको धान पूर्ण रुपले पुेरेको जानकारी दिंदै मेयर कार्कीले बिहीबार प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको नेतृत्वमा तीनवटै सुरक्षा निकायमा प्रमुख सहितको टोलीले डुवान क्षेत्रको निरीक्षण गरेर समयमै उद्धारकालागि तयारी हुन निदेश्न दिनुका साथै पीडित परिवारलाई राहत उपलब्ध गराउन निर्देशन भएको बताए ।
बेलका नपाको ६ नं वडाको घारे गाउँका खड्ग बहादुर पहरीको घरमाथिको पहिरो खस्दा उनकी श्रीमती ३५ वर्षकी विनु पहरी र १४ वर्षकी छोरी सुमिना पहरी घाइते भएको घाइते भै उपचारकालागि धरान लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले वार्षका कारण माटो गलेर पहिरो खस्दा त्रियुगा नगरपालिका वडा नं १५ रानीवास तोरीबारी गाउँका १५ घर परिवार विसथापित भै ५२ जनालाई रानीवास स्थित जनता माविको भवनमा स्थानान्तरण गरिएको जनाएको छ ।
उदयपुरको पश्चिमी क्षेत्रको सिन्धुलीको सीमा जोडिएको कटारी नगरपालिकाकी उप मेयर गीता खड्काले खोला खहरेको बाढी विभिन्न वडाका बस्तीमा पसेको र केही घरहरु डुवान भएको तर पछि घाम लागेपछि सबै सुकेको हुँदा सामान्य क्षती मात्र भएको बताइन । कटारी नगरपालिकाको केही भाग तरार्य जसतो फँट छ भने अधिकांश वडाहरु पहाडी क्षेत्रमा भएकोले स साना खोला खहरेले दुःख दिने गरेको भए पनि आतिनु पर्ने अवस्था हुने गरी बाढी पहिरोले विपद्को अवस्था नआएको उप मेयर खड्कामले बताइन ।
रौतामाई गाउँपालिकामा सदरमुकाम गाईघाट बाट चल्ने सवारी साधनहरु सबै अवरुद्ध भएको र पालिका मुकाम भुट्टारबाट अन्य वडामा जाने सडकहरु पनि पहिरोका कारण र बाढीले वगाउँदा क्षति ग्रस्त अवस्थामा रहेको रौतामाई गाउँपालिकाका प्रवक्ता तथा ३ नं वडाध्यक्ष दिपेन्द्र दाहालले बताए ।
यसैगरी चौदण्डीगढी नगरपालिकाभित्र ९ नं वडामा धानवाली र घरहरु डुवानमा परेको, ८ नंमा पहिरोले एक घर पुरेको छ भने पहिरोले गाईबाछी लाई षती पुगेको,पाकिाभित्रका योजनाका कामहरुमा असर गरेको सिंचाईको बनाउँदै गरेको नहर बगाएको भत्काएको इलाका प्रहरी कायाृलय बेल्टारका प्रहरी निरीक्षक ओम प्रकाश पुनले बताए ।
प्रनि पुनका अनुसार चौदण्डीगढी नगरपालिकाको २ नं पडाको माढीवासमा ४ नं वडाको शनिबारेमा सिंचाई योजनाको कामको बाँध बगाएको छ भने ५ नं वडाको सिवाई, सुन्दरपुर गाउँ वार्षाको पानीबाट प्रभावित भएको छ र वडा नं ९ र १० मा पर्ने हडिया गाउँको करिब २० घरलाई त्रियुगानदीले असर गर्न सक्ने अवस्था रहेको र ७ नं वडाको द्धार खोलाले बेल्टारको पशुहाट बजारमा कटान गरेकोले बाँध लगाउने काम भैरहेको छ ।
उदयपुरका प्रजिअ हरिप्रसाद घिमिरेले बिहीबार बेलका नगरपालिको डुवान क्षेत्र अवलोकन गर्न गएको र त्रियुगा नदी, गिदेरी खोला, तथा अन्य ठाडो खोलामा पानीको बहाव धेरै भएको र त्यो त्रियुगा नदीमा मिसिदा बेलकाको वडा नं १ र २ डुवानमा भए पनि अहिले पानी घटेको छ । विस्थापित भएका परिवारलाई आवश्यक परेमा टेन्ट लगाएर बसोवासको व्यवस्था मिलाउन तयारी गर्न भनिएको बताउनु भयो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।