
काठमाडौं ।
रोजगारीको प्रलोभनमा बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरहरुलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको छ।
सिराहाका २१ जना र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ।
उद्धारका लागि मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको हाम्रो टोली सक्रिय थियो । मानव वेचविखन नियन्त्रण समितिले आजै सबैलाई घरघर पठाउने भएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।