
फ्रान्समा ओलम्पिक उद्घाटन सुरु हुनु अघि रेल संजाल प्रणालीमा आक्रमण भएको छ । फ्रान्सेली प्रधानमन्त्रीले फ्रान्सको रेल नेटवर्क संजाल प्रणाली आक्रमणको प्रभाव “ठूलो र गम्भीर” भएको बताएका छन्।
फ्रान्सेली रेलगाडी संचालनमा आक्रमण पछि पेरिस अभियोजकहरूले अनुसन्धान सुरु गरेका छन् ।
पेरिस अभियोजकको कार्यालयले शुक्रबार बताए अनुसार यसको संगठित अपराध इकाई (जुनाल्को)को समन्वयमा “जुलाई २५ देखि २६, २०२४ को रातमा एसएनसिएफका स्थललाई जानाजानी क्षति पुर्याएकोले अनुसन्धान सुरु गरेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।