मुगु ।
प्रथम रारा खत्याड च्यम्पियनसीप गोल्डकप फुटबल तर्फको उपाधि बाजुराले जितेको छ । उपाधिका लागि फाइनमा पुगेको ए वान स्पोर्ट्स क्लब मुगुलाई ४-० ले पराजित गर्दै प्रथम रारा खत्याड च्यम्पियनसीप गोल्ड कप फुटबल उपाधि बाजुराले हात पारेको हो ।
सुइना कर्णाली, खत्याड गाउँपालिका र वडा न ३ को संयुक्त आयोजनामा मुगु जिल्लाको खत्याड गाउँपालिका ३ स्थित बुगा चौरमा प्रथम रारा खत्याड च्यम्पियनसीप गोल्ड कप सञ्चालन भएको थियो ।
उक्त खेलमा पुरुषतर्फ फुटबल, भलिबल र महिला तर्फ भलिबल खेल सञ्चालन भएको थियो ।
सञ्चालन गरिएको प्रथम रारा खत्याड च्यम्पियनसीप गोल्ड कप फुटबल प्रतियोगिता बाजुराले जितेको छ भने पुरुष भलिबल तर्फ खत्याड गाउँपालिकाको रातापानीले भलिबल टिमले र महिला भलिबल कुसुमबाडा बजार व्यवस्थापन टिम मुगुले हात पारेको प्रथम रारा खत्याड च्यम्पियनसीप गोल्ड कप प्रतियोगिता कार्यक्रमका संयोजक अनिल बानियाले जानकारी गराए ।
खेलमा पुरुष फुटबल तर्फ बाजुरा जिल्लाको रारा स्पोर्ट्स विजेता हुँदै गर्दा मुगुको ए–वान स्पोर्ट्स क्लब उपविजेता हुँदा मुगु कै डिएफसी फुटबल क्लबले तेर्सो स्थान प्राप्त गर्न सफल भएको थियो ।
भलिबल तर्फ खत्याड गाउँपालिकाको रातापानीले प्रथम स्थान हात पार्न सफल भएको छ भने, द्वितीय स्थान कार्मारोङ गाउँपालिकाले हात पार्दा तृतीय स्थान बाजुरा जिल्लाको वाइएफसीले जितेको छ ।
त्यस्तै महिला भलिबल तर्फ कुसुमबाडा बजार व्यवस्थापन टिमले पहिलो स्थान हात पारेको छ, द्वितीय स्थान रातापानीले र तृतीय स्थान ठामलेखले जितेको छ।
प्रथम रारा खत्याड च्यम्पियनसीप गोल्ड कप फुटबल प्रतियोगिता गत ७ गतेबाट सुरु भएर ९ दिनसम्म सञ्चालन भएको हो । बिधिवतरुपमा खेलको समापन खत्याड गाउँपालिकाका कार्यबाहक अध्यक्ष भरत शाहीले गरेका थिए ।
खेल अविधभर हजारौँ दर्शक रमाएका र यो प्रतियोगिता दुर्गम क्षेत्रमा पहिलो पटक भब्य कार्यक्रम गरी सम्पन्न भएको स्थानीयले बताएका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।