बैशाख २३, देवचुली ।। देवचुली नगरपालीको समग्र विकास गर्न आफुहरु लागि पर्ने देवचुलि नगरपालीकाबाट उमेदवारमा रहेका मेयर , उपमेयर तथा वडा अध्यक्षहरुले बताएका छन ।
आफ्नो जित केवल देवचुली वासिको रहेको उमेदवारहरुले बताएका छन । शनिवार देवचुलि १६ रजहरमा रजहर जेसिस वर्ष २०१७को आयोजनामा गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा देवचुलीका जनसमुदायले गरेको प्रश्नको उत्तर दिदै मेयर , उपमेयर तथा वडा अध्यक्षहरुले यस्तो बताएका थिए ।
मेयर तथा उपमेयरमा विजय भए पश्चात देवचुली नगरको विकास केकेमा हुन्छ भन्ने प्रश्नमा उमेदवारहरुले देवचुली नगरको समग्र विकास यहि नगरपालीकामा नै रहेर विकास गर्ने बताएका थिए ।
कार्यक्रममा देवचुली नगरपालीकाका जनसमुदायको प्रश्नमा नेपाली काग्रेसका उमेदवार पुर्णकुमार श्रेष्ठले देवचुलीको हरेक विकासको काममा आफ्नो उमेदवार आवस्यक देखेको र सोहि अनुसार जनसमुदायको विचारलाई आत्म साथ गर्दे विकासको बाटो निर्माण गर्न पछि नपर्ने बताउनुभयोे ।
त्यस्तै नेपाली काग्रेसकी उमेदवार लक्ष्मी वास्ताकोटिले आफ्नो जित नगरवासिको रहेको र आफ्नो जित पश्चात पहिलो कार्य महिला हिंसा रोकथाम , महिला सिपमुलक कार्यहरु , नगरमा निर्माण हुन बाकि पुर्वाधारहरुमा समेत आफ्नो प्राथमिकता रहेको र सोहि अनुसार कार्य गर्ने बताउनुभयो ।
यता नेकपा एमालेका मेयर उमेदवार हरिप्रसाद न्यौपानेले देवचुलीको प्रकृतिक विषय वस्तुहरुलाई व्यवस्थापन गरि युवाहरुलाई कृषिमा प्रोत्सान गर्ने खालका कार्यहरु गर्ने र नेपालकै पहिलो सामुदायिक प्राकृतिक चिकित्सालाई व्यवस्थीत गरि स्वास्थ्यका विषय देखि अन्य विषयमा चासो राख्ने बताउनुभयो ।
उप मेयर पावर्ति तिवारी पराजुलिले पनि देवचुलिको विकासमा आफ्नो कदम चाल्ने बताउनुभयो । आफ्नो जित केन्द्रको लागि नभई देवचुलि नगरको विकास र समृद्धिको लागि रहेको बताउनुभयो ।
यता माओवादी केन्द्रका मेयर उमेदवार सत्यनारायण भुषालले पनि आफ्नो जित देवचुलीनगरको विकासको लागि रहेको र यो अपरिहार्य पनि रहेको उहाल बताउनुभयो । भुषलले देवचुलीनगरमा रहेका सडकहरुलाई सडक संञ्चालको रुपमा रिङग रोड देखि जनताका सुजाव अनुसार कार्यहरु गर्न बताउनुभयो ।
यस्तै नया शक्ति नेपालका मेयर उमेदवार जगन्नाथ अर्यालले देशको प्रमुख पदमा कार्यकारी राष्टपति हुनुपर्छ भन्ने खालको आधारलाई सुनिश्चीत गर्नको लागि आफ्नो उमेदवार रहेको बताउनुभयो खानालले भष्टचार र कालो बजारलाई मुक्त गरि आर्थिक समृद्धिमा पनि आफ्नो पहिलो कदम रहेको बताउनुभयो ।
देवचुली जेसिसले आयोजना गरेको सार्वजनिक सुनुवाइमा देवचुलिका जनसमुदायले उमेदवारहरुलाई देवचुलीको समग्र विकास कसरी गर्ने र त्यसको आधार के रहन्छ भन्ने विषयमा प्रश्न गरेका थिए ।
यता देवचुली नगरपालीका बाट स्वतन्त्र उमेदवार युवराज वाग्लले पनि देवचुलि विकासको लागि आफु हर बखत तयार रहेको र नारायणिले कटान गरेको वस्ती तर्फ पनि आफ्नो ध्यान जाने बताउनुभयो
आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा उघोग पति एवम समाज सेवि विष्णु कार्किको प्रमुख आतिथ्यता रहेको थियो भने देवचुली जेसिस वर्ष २०१७का अध्यक्ष जेसिस अजय रिजालको अध्यक्षता रहेको थियो आयोजित कार्यक्रममा देवचुली जेसिस वर्ष २०१७को क्यालेन्डर विमोचन समेत गरिएको थियो ।