बैशाख २३, हुप्सेकोट ।। नयाँशक्ति पार्टि नेपाल हुप्सेकोट गाउँपालिका वडा नम्बर ४ ले घरदैलो अभियानलाई तिब्रता दिएको छ । वडा नम्बर ४ का अध्यक्षका उम्मेद्धार कृष्ण प्रसाद डुम्रले शनिबार घरदैलो अभियान अन्तर्गत सोहि वडाको शंखदेवमा कोण सभा कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
कोण सभाको सम्बोधन गर्दै संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले देशको विकासका लागि यूवा शक्ति एक भई आफ्नो पार्टिलाई विजयी बनाउनको लागि पर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै उहाँले देशले परिवर्तन चाहेको भन्दै परिवर्तनका लागि पार्टि नहेरी व्यक्तिको कार्यकुशलतालाई हेरी मतदान गर्न मतदाता हरुलाई आग्रह गर्नुभयो ।
त्यस्तै वडा नम्बर ४ का अध्यक्षका उम्मेद्धार कृष्ण प्रसाद डुम्रेले आफ्ना एजेण्डा प्रस्तुत गर्दै यस वडाको विकासको लागि आफुलाई अत्याधिक मतले विजयि बनाउन आग्रह समेत गर्नुभयो । कार्यक्रममा वडा नम्बर ४ का वासिन्दाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।