सिन्धुली ।
लागु पदार्थ सेवन गरेर गाडी चलाएका सात जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वि.पि. राजमार्गमा चल्ने विभिन्न ६५ वटा सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण गर्दा ७ जना चालकले लागु पदार्थ सेवन गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
लागु पदार्थ सेवन गरी सवारी चलाएका बर्दीबासबाट काठमाण्डौ जाँदै गरेको बा.प्र.०६–००१ ज ०१४५ नं. को ईलेक्ट्रीक गाडी चालक महोत्तरी, बर्दीबास नगरपालिका १४ का. २७ बर्षिया सौरभ भुजेल, राजविराजबाट काठमाण्डौ जाँदै गरेको बा.प्र.०१–००५ ख ९६७१ नं. को हायस चालक सप्तरीको रुपनी गाउँपालिका.२ का ३६ बर्षिया गजेन्द्र कुमार यादब, झापाबाट काठमाण्डौ जाँदै गरेको बा ५ ख ४१९० नं. को हायस चालक जिल्ला झापाको बुद्ध शान्ती गाउँपालिका २ का ३१ बर्षिया तुल्सी दर्जीलाई नियन्त्रणमा लिएको सिन्धुलीका प्रहरी नायव उपरिक्षक अनिल खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार लागु पदार्थ सेवन गरी सवारी चलाउने कटारीबाट सर्लाही जाँदै गरेको प्र.२–०१–००१ ख ००७० नं. को ट्रक चालक उदयपुरको कटारी नगरपालिका १४ का ३० बर्षिया चन्द्र बहादुर दमाई, सर्लाहीबाट काठमाण्डौ जाँदै गरेको ना १ ज ८७१४ नं. को विङ्गर चालक सर्लाहीको लालबन्दी नगरपालिका ५ का ४१ बर्षिया राज कुमार घिमिरे, सर्लाहीबाट खुर्कोट जाँदै गरेको प्र.२–०४–००१ च ०११४ नं. को पिकअप चालक सर्लाहीको लालबन्दी नगरपालिका.५ का २४ बर्षिया विष्णु अधिकारी र काठमाण्डौबाट झापा जाँदै गरेको बा ४ ख ६६७७ नं. को हायस चालक दोलखाको कालिन्चोक गाउँपालिका ९ का ४३ बर्षिया दिपक राज चिमरीयालाई पनि नियन्त्रणमा लिइएको छ ।
लागु पदार्थ सेवन गरी सवारी चलाएको भेटिएको निजहरुलाई लागु औषध नियन्त्रण ऐन वमोजिम आवश्यक कारवाहीको लागि प्रकृया अगाडि बढाइएको प्रहरी नायव उपरिक्षक खड्काले बताउनुभयो ।
सवारी दुर्घटना न्युनिकरण गर्ने र सवारी साधनको माध्यमबाट हुने लागु पदार्थ ओसारपसारको कार्यलाई रोकथाम गर्ने उद्वेश्यले कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टमा चालकहरुको स्वास्थ्य परिक्षण गरिएको प्रहरी नायव उपरिक्षक खड्काले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजना तथा जिल्ला जन–स्वास्थ्य कार्यालय, सिन्धुलीको प्राविधिक सहयोग र इलाका प्रहरी कार्यालय,भिमानबाट खटिएको संयुक्त टोलीले स्वास्थ्य परिक्षण गरेको हो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।