काठमाडौं ।
कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका–११ भुजेला ईलाकाबाट मंगलबार करीव २५ लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद भएको छ ।
भारतबाट अवैध रुपले ल्याई वेवारिसे अवस्थामा रहेको मोटरपार्ट्स, लत्ताकपडा र जुत्ताचप्पल सशस्त्र प्रहरी बल नेपाल नं। ३५ शैलेश्वरी गण कञ्चनपुरबाट सशस्त्र प्रहरी उपरीक्षक खगेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको सुरक्षा फौजले बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।