काठमाडौं ।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा छलफल सुरु भएको छ। हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरु भएको केन्द्रीय समिति बैठक आजबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु भएको हो ।
केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको सङ्कल्प आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गरेका छन्। सो अघि बिहान ८: ०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रीय समितिका अजेन्डा र बैठक सञ्चालन विधि तय गरेको थियो।
आजबाट केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु हुने छ। बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको उनको सचिवालयले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।