काठमाडौं ।
कान्ति बाल अस्पतालको अस्पतालको ६३औँ वार्षिकोत्सव एक कार्यक्रमका बीच सम्पन्न भयो । वार्षिक उत्सवमा दिएको जानकारी अनुसार एक वर्षमा २ लाखभन्दा बढी बिरामीले सेवा लिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको प्रमुख आतिथ्यमा सम्मपन्न वार्षिकोत्सवमा निर्देशक डा पंकज रायले गत आर्थिक वर्ष २०८०÷०८१ मा २ लाख ४ हजार २ सय ९९ जनाले अस्पतालबाट सेवा लिएको जानकारी दिनुभयो ।
निर्देशक डा. रायका अनुसार ५१ हजार ८ सय ८६ जना बिरामीले इमर्जेन्सीमा सेवा लिए भने भर्ना भएर सेवा लिने बिरामी ९ हजार ६ सय ८५ जना छन् । अस्पतालले एक वर्षमा ३ हजार २७६ जनालाई शल्यक्रिया सेवा दिएको छ । जसमध्ये ९८२ जनाको मेजर शल्यक्रिया गरेको छ । त्यस्तै, १ हजार १७ जनाको मध्यम शल्यक्रिया र १ हजार २ सय ७८ जनाको माइनर शल्यक्रिया गरिएको जानकारी गराउनुभयो ।
त्यस्तै, डाइग्नोस्टिक सेवाअन्तर्गत अस्पतालले ५ लाख ३७ हजार ४३९ ल्याबरोटोरी सेवा, ५१ इन्डोस्कोपी, ११ कोलोनोस्कोपी, ९९ ब्रोनचोस्कोपी, १ हजार ६१० सिटी स्क्यान, ५२ हजार ८५६ एक्स–रे, २५ हजार ३५३ युएसजी र १ हजार ४७ ईईजी सेवा लिएका छन् ।
आर्थिक वर्षभरमा ५ करोड ११ लाख ४४ हजार ९०१ रुपियाँको निःशुल्क सेवा दिएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।