१२ असोज , बैतडी – गएराति बैतडी केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महसुस गरिएको छ । बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाएर गएराति ९ बजेर ४३ मिनेटमा ३ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले जनाएका छन् ।
भूकम्पको धक्काका कारण स्थानीयवासी एकछिन त्रसित बनेको बैतडीको गोकुलेश्वरका सुरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “केहीबेर घर बाहिर तथा खुला ठाउँमा जम्मा भयौँ ।
भूकम्पले क्षति पुर्यायो भन्ने अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताउनु भयो ।