बुटवल ।
नेपाली कांग्रेस र नेकपा एमालेको दुई दलिय जिल्ला संयन्त्रको प्रदेश स्तरीय संयुक्त बैठक आईतबार कपिलवस्तुमा बस्यो ।
बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरुको बारेमा जानकारी गराउनु भएको छ ।
उहांले प्रदेश सरकारले गरेका कामबाट देखिएका उपलब्धिलाई नजरअन्दाज गरेर धारणा बनाउन नहुने बताउनु भयो ।‘प्रदेश सरकार बन्नु अघि र बनिसकेपछी विकासको अवस्था के थियो ? एक पटक फर्खेर हेरौं ।
अहिले गाउँगाउँमा भइरहेको विकासको काम प्रदेश सरकारलेनै गरेको हो’मुख्यमन्त्री आचार्यले भन्नुभयो,‘प्रदेश सरकार नागरिकको भरोसाको केन्द्र बनिरहेको छ । विकास र समृद्धिको सारथी प्रदेशनै हो ।’ योजना निर्माणदेखी कार्यान्वयन गर्ने प्रवृत्तिलाई लयमा ल्याउनेगरी सरकारले भूमिका बढाएको भनाई उहाँको छ ।‘अघिल्ला सरकारले टुक्रे योजना धेरै बनाए । बजेटको आकार पनि बढायो । उतिबेलाको गल्लितले अहिले समस्या परेको छ’उहाँले भन्नुभयो,‘आगामी बजेट ३३ देखी ३४ अर्बको हाराहारीमा ल्याउदा प्रदेशले लय समात्छ ।’
यस्तै मुख्यमन्त्री आचार्यले चालु आर्थिक बर्षमा सरकारले पुरक बजेट नल्याउने स्पष्ट पार्नु भयो । चालु आर्थिक बर्षको बजेट सहमतीका आध आएको र चालु आर्थिक वर्षमा सरकारले पुरक बजेट नल्याउने बताउनु भएको हो । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापती अमरसिंह पुनको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेशका ईञ्चार्ज पद्मा अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेपाली कांग्रेस र नेकपा एमालेका जिल्ला अध्यक्षहरुले जिल्लाग रिपोर्टीङ्ग गरेका थिए ।
बैठकमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेल, प्रदेश सरकारका अन्य मन्त्री, प्रतिनिधि सभा सदस्यहरु लगायतको सहभागिता थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।