दोलखा ।
कोच नेपालले विद्यार्थीहरुको लागि न्यानो कपडा अभियान पछि शिक्षासंगै खेलकुद अभियान सुरु गरेको छ । यो अभियान अन्र्तगत दोलखाको भीमेश्वर नगरपालिका, विगु गाँउपालिका र तामाकोशी गाँउपालिकाका बिभिन्न विद्यालयहरुमा खेलकुुद सामग्री वितरण गरिएको कोच नेपालका सिईओ सिमोन खत्रीले बताउनुभयो ।
आईतवार दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– १ मा रहेको सुष्पाक्षमावती माविमा खेलकुद सामग्री वितरण गरिएको कोच नेपालका सिईओ सिमोन खत्रीले बताउनुभयो । कार्यक्रममा कोच नेपालका सिईओ सिमोन खत्री, भीमेश्वर नगरपालिका वडा नम्बर– १ का वडा अध्यक्ष माधव थामी, वडा नम्बर– ७ का वडा अध्यक्ष विनोद तमाङ, सुष्पाक्षमावती माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष एवम् युवा नेता शक्ति पाठक, समाजसेवी सन्दिप श्रेष्ठ, रितु श्रेष्ठ, आश्रया श्रेष्ठ, सुप्रिया खड्का लगायतको सहभागिता रहेको थियो ।
त्यसैगरी आईतवार नै दोलखाको विगु गाँउपालिका वडा नम्बर– ६ स्थित थम्पु माविमा पनि खेलकुुद सामग्री वितरण गरिएको कोच नेपालका सिईओ खत्रीले बताउनुभयो । उक्त कार्यक्रममा विगु गाँउपालिका वडा नम्बर– ६ का वडा अध्यक्ष टहल बहादुर थामी लगायतको सहभागिता रहेको थियो ।
दोलखा जिल्लालाई खेलकुुदमा अब्बल बनाउने लक्ष्य सहित कोच नेपालले प्रत्येक विद्यालयलाई दुईवटा भलिबल, दुईवटा फुटबल, भलिबल नेट, ब्याडमिन्टन दुई सेट, एक बट्टा कक, स्किपिङ पाँच वटा, चेस दुई सेट र कोण १० पिस वितरण गरेको सिईओ खत्रीले बताउनुभयो ।
कोच नेपालले दोलखाको तामाकोशी गाँउपालिकाका केही विद्यालयहरुमा समेत खेलकुद सामग्री वितरण गर्ने सिईओ खत्रीको भनाई छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।