काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालिन तथा विपद ब्यवस्थापनद्धारा संचालित एक साता लामो आधारभुत आकस्मिक स्याहार-बीईसी सम्बन्धि तालिम समापन भएको छ ।
पृथ्वी राजमार्गको मुग्लिन, नागढुगा करीडोर भित्र पर्ने १६ नीजी,सहकारी तथा सरकारी अस्पतालहरुको र सुरक्षा बल अन्र्तगतको शसस्त्र प्रहरी बल अस्पताल, बलम्बु तथा कुरिनटारमा आकिस्मक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु २५ जना संलग्न थिए ।
स्वास्थ्य तथा जनसंख्या समापन तथा उदघाटन शत्रको अध्यक्षता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता तथा राष्ट्रिय स्वास्थ्य आपतकालीन एवं विपद ब्यवस्थापनका प्रमुख डा. प्रकाश बुढाथोकीले गरेका थिए । मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा. दिपेन्द्ररमण सिंहले अभिभावकत्वमा आयोजित उक्त कार्यक्रममा सम्पन्न तालिममा सफल सहभागीलाई प्रमाणपत्र वितरण गरिएको थियो । अभिभावक डा. सिंहले अस्पतालमा मात्र नभई हरेक गाउमा समेत बीईसी तालिमप्राप्त नागरिक बनाउनु हाम्रो जिम्मेवारी रहेको बताए ।
उक्त कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा रोड सेफटी काउन्सिलका सदस्य सचिव कृष्णराज पन्थ, शसस्त्र प्रहरी बल अस्पतालका प्रमुख डिआईजी डा.रुपक महर्जन,एसएसपी डा.शैलेन्द« दुलाल श्रेष्ठ, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक यसोदा अर्यालले मन्त्ब्य राखेका थिए । तालिमको उदेश्य र मापदण्डबारे मुख्य प्रशिक्षक डा. राम न्यौपानेबाट प्रस्तुत भएको थियो । तालिमको उदघाटन समारोहमा अतिथिहरुले शुभकामना तथा धन्यवाद मन्तव्य राखेका थिए ।
सहसचिव कृष्णराज पन्थले सडक यातायात दुर्घटनाबाट भएको चोटपटक जोखिम घटाउन यस तालिमले थप प्रभावकारी बनाउने छ भनी जानकारी दिए । डा. रुपक महर्जनले नागढुगां हाईवे कोरिडोरमा सडक दुर्घना धेरै हुने गरेको यस तालिमको आवश्यकता देखाउदै थप तालिम गर्नुपर्ने बताए । राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रलका निर्देशक अर्यालले प्रमाणपत्र प्राप्त संगै थप जिम्मेवारी बढेको बारेमा मन्तब्य राखेका थिए ।
अध्यक्ष डा. बुढाथोकीले तालिम विश्व स्वास्थ्य संगठन नेपाल र एफएचआई लाई धन्यवाद दिदै थप सहकार्यको विश्वास गर्दे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा नेपालमा अहिलेसम्म ९ सय १ आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्मीहरूले प्राप्त गरिसकेका र अब ९ सय २५ हुनेछन भन्दै नागढुगा करीडोरमा बढी सडक दुर्घटना हुने भएकोले सरकारी,नीजी,सेकुरिटी नभनी सवै १६ वटा अस्पतालका आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संलग्न गरेको भन्दै तालिमको विषवस्तु र कार्यक्रमको संक्षिप्त जानकारी दिए ।
स्वास्थ्य मन्त्रीको प्राथमिकतामा आकस्मिक सेवा सुधार समेत परेकाले लामो तथा मध्यमदुरीका चालक,सहचालक,सवै ट्राफिक प्रहरी लगायत सवै सेकुरिटी ब्यक्ति,स्वयंसेवी लगायत हरेक गाउमा सामुदायीक स्वास्थ्य प्रतिकार्य उद्धारकर्ताको विकास गर्दे जिवन बचाउने सीपहरु सिकाउन गृहकार्य भईरहेको जानकारी गराउदै सवैको सहयोग र सहकार्यको अपेक्षा गरे । बीईसी तालिमका प्रशिक्षकहरुमा डा.राम प्रसाद न्यौपाने, डा.सानु कृष्ण श्रेष्ठ, डा.दिनेश भण्डारी, डा. गृष्मा श्रेष्ठ,गिता कुमारी सत्याल थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।