काठमाडाैं ।
७२ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा, नेपालले कुष्ठरोग विरुद्धको लडाइँमा हासिल गरेको उल्लेखनीय उपलब्धिलाई उत्साहपूर्वक मनाउँदै छौँ ।
सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रिय स्तरमा जनस्वास्थ्य समस्याको रूपमा निवारण गरिएको घोषणा भएयता पनि नयाँ बिरामीको संख्या हरेक वर्ष लगातार घटिरहेको छ । नेपालमा सन् २०१९ को तुलनामा, सन् २०२४ मा नयाँ बिरामीको संख्यामा २५% र बालबालिकामा कुष्ठरोग लाग्ने दरमा करिब ५०% ले घटेको छ ।
लगातार पाँच वर्ष देखि ७०% भन्दा धेरै स्थानीय तहहरूले बालबालिकामा कुष्ठरोगको संक्रमण शून्य रहेको रिपोर्ट गर्दा, हामीलाई थप हौसला प्रदान गरेको छ र कुष्ठरोगमुक्त नेपालतर्फ नजिक प¥ुयाएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
राष्ट्रिय स्तरमा कुष्ठरोगका बिरामीको संख्यामा उल्लेखनीय कमी आए तापनि, यसको संक्रमण पूर्ण रूपमा रोक्न बाँकी रहेको कुरा स्मरण गर्न महत्वपूर्ण छ । ७७ जिल्लामध्ये १८ जिल्ला अझै उच्च जोखिममा रहेको उल्लेख गरिएको छ । कुष्ठरोग बारे गलत धारणाले डर र सामाजिक बहिष्कारलाई बढुवा दिन्छ, र उपचार खोज्नमा ढिलाइ गराउँछ र संक्रमणको चक्रलाई अझ बढाउँछ ।
निरन्तर लाञ्छना र विभेदले संक्रमित व्यक्तिहरूलाई प्रभाव पार्ने मात्र नभई निदान र उपचारका प्रयासहरूमा अवरोध सृजना गर्छ । यसलाई समाधान गर्न, हामीले जनचेतना बढाउने, आम जनतालाई शिक्षा दिने र समावेशी नीतिहरू कार्यान्वयन गर्न आवश्यक छ । नेपालले कुष्ठरोगबाट प्रभावित व्यक्ति विरुद्ध हुने लाञ्छना र विभेद अन्त्यका लागि २० औँ ग्लोबल अपिल २०२५ लाई अङ्गीकार गरी कुष्ठरोगसँग सम्बन्धित लाञ्छना र विभेद अन्त्य गर्ने आफ्नो प्रतिबद्धता जाहेर गरेको छ ।
सासाकावा फाउन्डेसनले नेतृत्व प्रदान गरेको यस ग्लोबल अपिलले कुष्ठरोग स्वास्थ्य समस्या मात्र नभई सामाजिक समस्या पनि रहेको औँल्याएको छ । यस वर्षको मूल नारा ’एकजुट हुनुहोस् ।’ कार्य हटाउनुहोस् ’’, ले हामी सबै नेतृत्व वर्ग, स्वास्थ्यकर्मीहरू, समुदाय र साझेदारहरूलाई कुष्ठरोग निवारण गर्न र हात्तीपाइले, काला जार, डेंगी जस्ता उपेक्षित उष्णप्रदेशिय रोगहरूको सम्बोधनमा सहकार्य गर्न आह्वान गरेको छ ।
लगानी बढाउन, उपचार सेवालाई सुदृढ पार्न र कुष्ठरोगसँग जोडिएका लाञ्छना र विभेदको अन्त्य गर्न संकल्प गरौँ । हाम्रो संयुक्त प्रयासले हामी कुष्ठरोगमुक्त नेपाल निर्माण गर्न सक्छौँ । आजैबाट हाम्रो पहल सुरु गरौँ विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।