मुगु ।
मुगु जिल्लाका स्थानीयहरु खेतीपातीमा सक्रिय भएपनि दैनिकी गुजाराका लागि आयातित चामलमा निर्भर रहन बाध्य भएका छन्।
कठिन भूगोल, पर्याप्त सिँचाइको अभाव र आधुनिक कृषि प्रविधिको कमिका कारण यहाँको कृषि उत्पादनले माग धान्न सकेको छैन्।
जिल्लाका स्थानीय बासिन्दा बताउनुहुन्छ ,यहाँ उत्पादन हुने अन्नले ३ देखी ६ महिना पुग्दैन् । बजार र नेपाल सरकारको अनुदानमा वितरित चामलकै भर पर्नुपर्छ । मुगुमा सरकारले उपलब्ध गराएको सहुलियतको चामल भने ठुलो राहतको स्रोत बनेको छ।
कृषि विज्ञहरूका अनुसार, यदि स्थानीय स्तरमा सिँचाइ व्यवस्थापन, बीउ बिजनको सुधार र आधुनिक प्रविधि भित्र्याउने पहल गरिएमा मुगुमा कृषि उत्पादन बढाउन सकिन्छ। तर, हाललाई मुगु बासीहरू आयातित चामलमै निर्भर रहेर जीवन निर्वाह गरिरहेका छन्।
सरकारले कृषि सुधारका लागि वास्तविक कृषकहरू पहिचान गरि उनीहरूको संरक्षण गर्न सकेमात्र मुगुमा कृषि उत्पादनमा वृद्धि भई आयातित चामल लगायत कृषिजन्य बस्तुको उपभोग गर्ने सङ्ख्यामा कमी आउने अपेक्षा गरिएको छ ।
यसका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारले ठोस कदम चालेको खण्डमा मात्र मुगु बासीहरूको जीवनस्तरमा सुधार ल्याउन सकिने विशेषज्ञहरूले बताउनुभएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।