काठमाडौँ।
गायिका एलिना चौहानले सम्बन्धविच्छेद मुद्दा दायर गरेकी छन् । शुक्रबार काठमाडौं जिल्ला अदालतमा गायिका चौहानले पति विष्णु सापकोटालाई विपक्षी बनाएर सम्बन्धविच्छेद मुद्दा दायर गरेकी हुन्।
उनले माना चामल र अंश हक दाबी छोडेर सम्बन्धविच्छेद मात्रै गरी पाउ भन्दै अदालतमा सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी हुन्।
गत ५ वैशाखमा एलिनाले र अस्ट्रेलिया बस्ने विष्णु सापकोटासँग बिहे गरेकी थिइन् । सापकोटा र चौहानबीच लामो समय प्रेम सम्बन्धपछि बिहे भएको थियो । तर, बिहेपछि अस्ट्रेलिया गएकी चौहान काठमाडौं फर्किएपछि उनीहरूबीच राम्रो सम्बन्ध नरहेको चर्चा थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।