मेष: दिन शुभ फलदायक छ । आर्थिक लाभ, खाद्यान्न प्राप्ति, पारिवारिक सुख–सन्तोष होला ।
वृष: दिन शुभ भएकाले सानो प्रयासले पनि काम बन्ने, हर्ष वृद्धि, सुख–सन्तोष हुने देखिन्छ ।
मिथुन: तपाईंका लागि समय उत्तम छ । राज्यबाट लाभ, प्रतिष्ठा वृद्धि, पढाइमा सफलता होला ।
कर्कट: दिन अनुकूल देखिँदैन । स्वास्थ्य समस्या, खर्च वृद्धि, काममा बाधा नहोला भन्न सकिन्न ।
सिंह: समय शुभ छ । धन लाभ, कार्य सफल, उपहारादि वस्तु प्राप्ति हुने सम्भावना छ ।
कन्या:दिन उत्तम फलदायक छ । आर्थिक लाभ, प्रतिस्पर्धात्मक क्षेत्रमा विजय, शत्रु विजय होला ।
तुला: तपाईंका लागि समय शुभ छ । कार्य सिद्धि, धन प्राप्ति, पारिवारिक सुख, रोमाञ्च होला ।
वृश्चिक: सजग रहनु बेस । वायुजन्य रोगको सम्भावना, व्यर्थको दौडधूप, तनाव हुन सक्छ ।
धनु: दिन शुभ भएकाले सानै प्रयासमा राम्रो आम्दानी, मान–सम्मान, अधुरा कार्य पूरा हुन सक्छ ।
मकर:कर्तव्य गर्न नछोड्नुस् । धन–सम्पत्ति प्राप्ति, रोमान्टिक यात्रा, जोश–जाँगर वृद्धि हुने देखिन्छ ।
कुम्भ:समय शुभ भएकाले मिष्ठान्न भोजन, कतैबाट स्वागत–सत्कार, हर्षविभोर हुने सम्भावाना छ ।
मीन: आर्थिक नोक्सानी, स्वास्थ्य समस्या, वादविवाद आउन सक्छ । सजगता अपनाउनु बेस ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।