नयाँदिल्ली ।
भारतमा आज आर्थिक बर्ष २०२५/२६ का लागि बजेट सार्वजनिक गरिदैँछ ।
अर्थमन्त्री निर्मला शितारमणले आज भारतको बजेट सार्बजनिक गर्न लागेकी हुन् । बजेट बिहान ११ः०० बजे सार्बजनिक हुदैँछ । हिजो अर्थमन्त्री निर्मलाले आर्थिक सर्वेक्षण पेश गरेकी थिइन ।
यसअनुसार आर्थिक वर्ष २०२६ अर्थात १ अप्रिल २०२५ देखि ३१ मार्च २०२६ को अवधिमा कुल गार्हस्थ्य उत्पादन वृद्धि ६.३५ देखि ६.८५ हुने अनुमान गरिएको छ । जबकि खुद्रा मुद्रास्फीति अप्रिल–डिसेम्बर २०२४ मा ४.९ मा बढेको देखिएको छ ।
सो बजेट मन्तब्य पछि नेपालका लागि पनि सहयोग घोषणा हुनेछ । भारतले सार्क राष्ट्रका लागि पनि बजेट छुटयाउँदै आएको छ, जसअनुसार सबैभन्दा बढी सहयोग भारतले भुटानलाइ दिदैँ आएको छ ।
भारतको पहिलो आर्थिक सर्वेक्षण १९५०/५१ मा केन्द्रीय बजेटको एक भागको रूपमा पेश गरिएको थियो। यद्यपि, १९६४ देखि, सर्वेक्षण केन्द्रीय बजेटबाट अलग गरिएको छ। त्यसयता बजेट प्रस्तुत हुनुभन्दा एक दिन अगाडि आर्थिक सर्वेक्षण सार्वजनिक हुन्छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।