काठमाडाैं ।
नेपाल चिकित्सक संघले आवासीय चिकित्सकको सम्बन्धमा चिकित्सा शिक्षा आयोगले गरेको निर्णय स्वागतयोग्य भएको भनेको छ।
संघले आवासीय चिकित्सकहरूको निर्वाह भत्तालाई सरकारी आवासीय चिकित्सक आठौं तह सरह ४८ हजार ७ सय ३७ गर्ने तथा एवं ‘डिउटी आवर’ हप्तामा अधिकतम ८० घण्टा हुने निर्णयको स्वागत गरेको हो।
यस निर्णयको स्वागत गर्दै संघका महासचिव डा। सन्जिब तिवारीद्वारा जारी विज्ञप्तीमा भनिएको छ “सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीज्यू, माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यू र चिकित्सा शिक्षा आयोगलाई धन्यवाद ज्ञापन गर्दै नेपालका आवासीय चिकित्सक ९एमडीरएमएसरएमडीएस० हरूको निर्वाह भत्तालाई सरकारी आवासीय चिकित्सक आठौं तह सरह रु ४८ हजार ७ सय ३७ गर्ने निर्णय एवं ‘डिउटी आवर’ हप्तामा अधिकतम ८० घण्टा हुने तथा बिदा लगायत अन्य विषयमा नेपाल सरकार सकारात्मक देखिएकोमा नेपाल चिकित्सक संघ स्वागत गर्दछ।”
थयसैगरी संघले “इन्टर्न चिकित्सकहरुको उचित पारिश्रमिक तथा मागहरूको बारेमा सम्बोधन नभएकोमा संघको गम्भीर ध्यानाकर्षण भएको छ र उक्त पारिश्रमिक तथा मागहरूको बारेमा अविलम्ब सम्बोधन गर्न यसै विज्ञप्ति मार्फत नेपाल सरकारसँग जोडदार माग गर्दछौं।” भनेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।