![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4aae0a58de0a4b0e0a49ae0a4a3e0a58de0a4a1e0a4b2e0a4bee0a488-e0a4b8e0a4a4e0a58de0a4a4e0a4be-e0a4ace0a4bee0a4b9e0a4bfe0a4b0-e0a4ac.jpg)
बिर्तामोड ।
पूर्वमन्त्री एवम् नेकपा एमालेका स्थायी समिति सदस्य अग्नी खरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिर बस्नलाई असाध्यै गाह्रो भइरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले सत्ता बाहिर बस्दा प्रचण्डको छटपटी उदेकलाग्दो भएको बताउनुभयो । ‘सत्ता बाहिर बस्दा कति गाह्रो भएको रहेछ भन्ने पुष्टि प्रचण्डले भर्खरै संसद्मा बोलेरै गर्नुभएको छ’ नेता खरेलले भन्नुभयो – उहाँले अब सत्तामा जान पनि नसक्ने आफ्नै अभिव्यक्तिहरुबाट बताइरहनुभएको छ ।
पत्रकार सम्मेलनमा नेता खरेलले प्रचण्ड सामाजिक एवम् राजनीतिक वातावरणलाई भाँडभैलो बनाउन क्रियाशिल रहेको आरोप लगाउनुभएको छ । उहाँले सरकारले आवश्यकताकै आधारमा अध्यादेश ल्याएको बताउनुभयो । सरकारले जनताको सुविधाको लागि ल्याएको अध्यादेश पास गरेर जान सक्छ, उहाँले भन्नुभयो – संविधान बमोजिम अध्यादेश ल्याउन सकिन्छ । संविधान नमान्नेहरुले मात्रै अध्यादेश ल्याउन नमिल्ने तर्क गर्न सक्ने उहाँको धारणा थियो ।
यस्तै, नेता खरेलले परिवार र समाजलाई ध्वस्त हुनबाट जोगाउन सामाजिक सञ्जाल विद्येयक आवश्यक भएको बताउनुभयो । त्यसमा भएका व्यवस्थाहरु, सजाय र जरिवानाहरु छलफलबाट बढाउन वा घटाउन सकिने तर्क गर्नुभएको छ । रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्बन फुकुवा बारे पत्रकारहरुको जिज्ञासामा जवाफ दिदैं उहाँले सभामुखको निर्णय ठिक भएको प्रतिक्रिया दिनुभएको छ ।
सभामुखले नियम बमोजिम गर्नुभएको हो, उहाँहरु ९रास्वपा० दवाव सिर्जना गरेर निलम्बन फुकुवा गर्न खोज्दै हुनुहुन्छ, दवावको बाटो छोडर कानुनी बाटो रोज्नु उपर्युक्त हुने सूझाव दिनुभएको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।