![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a497e0a58de0a4b5e0a4bee0a49fe0a587e0a4aee0a4bee0a4b2e0a4bee0a4aee0a4be-e0a4ace0a4b8-e0a4a6e0a581e0a4b0e0a58de0a498e0a49fe0a4a8e0a4be.jpg)
काठमाडौं ।
ग्वाटेमालाको राजधानी ग्वाटेमाला सिटीको बाहिरी भागमा एउटा यात्रुबाहक बस पुलबाट खसेको छ ।
यो घटनामा ५१ जनाको मृत्यु भएको छ । फायर ब्रिगेड अफिसर एडविन भिल्लाग्रानका अनुसार धेरै सवारी साधन एक आपसमा ठोक्किए पछि बस ३५ मिटर गहिरो नालीमा खसेको थियो ।
आधा बस नालीमा डुबेको थियो । जसका कारण मानिसहरु बसबाट बाहिर निस्कने मौका पाएनन । बस प्रोग्रेसोबाट शहर आउँदै थियो। यसै क्रममा ग्वाटेमालाका राष्ट्रपतिले यस घटनामा ३ दिनको बिदाको घोषणा गरेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।