![](https://usnepalinews.com/wp-content/uploads/2025/02/e0a4b8e0a4b0e0a58de0a4b2e0a4bee0a4b9e0a580e0a4aee0a4be-e0a48fe0a495-e0a498e0a4b0-e0a486e0a497e0a4b2e0a4bee0a497e0a580-e0a4b9e0a581.jpg)
रौतहट ।
सर्लाही जिल्लामा सोमबार राति विद्युतको तार सर्ट भएर एक घरमा भएको आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट भएको छ भने पाँच वटा चौपायाको जलेर मृत्यु भएको छ।
स्थानीय रामनगर गाँउपालिका-३ रामटोल बस्ने अनुप महराको कच्ची फुसको घरमा विद्युतको तार सर्ट भई सोमबार राति साढे ७ बजे आगलागी हुँदा घर पूर्णरुपमा जली नष्ट भएको हो। सो क्रममा घरभित्र रहेको बाख्रा-५ वटा जली मृत्यु भएको प्रहरीले जनाएको छ।
आगलागीमा परेर लताकपडा, कागजपत्र, अन्नपात, नगद १० हजारसहित जम्मा ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी सर्लाही कार्यालय सर्लाहीले जनाएको छ।
घटनाको खबरलगत्तै प्रहरी चौकी खैर्वा बहुर्वाबाट असई बालकिशोर साहको कमाण्डमा १० जनाको टोलीले प्रहरी र स्थानीयको सहयोगमा एक घन्टाभित्रै आगो पूर्णरूपमा नियन्त्रणमा लिएको सर्लाही प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।